शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • कुुपोषणका कारणले जिवनमरण दोसाधमा रहेको बच्चाको उद्धार

कुुपोषणका कारणले जिवनमरण दोसाधमा रहेको बच्चाको उद्धार

  • बुधबार, फाल्गुन १९, २०७७
कुुपोषणका कारणले जिवनमरण दोसाधमा रहेको बच्चाको उद्धार

बाजुरा — बाजुराको स्वामिकार्तिक खापर गाँउपालिका १ मुुक्तिकोटमा उपचार अभाबमा जिवनमरण दोसाधमा रहेको बच्चा उद्धार भएको छ । स्थानिय रेलि बिकको २ महिनाको छोरा कुपोषणको चपेटामा परेको समचार बडिमालिका खवरमा प्रकाशित पछि बच्चाको उद्धार भएको स्थानिय बल बहादुर बिकले वताएका छन् ।
समचार प्रकाशित पछि उपचार तथा दुध किन्नलाई पैसा सहयोग भएपछि उपचारका लागि कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ । कुपोषण बाट आमा समेत ग्रसित रहेकी छन् । कुपोषित आमा र छोरा दुबैको उपचार भइरहेको स्वास्थ्य केन्द्रका प्रमुख डा. राजुराज जैशीले वताएका छन् ।
स्वास्थ्य केन्द्रका प्रमुख डा. जैशीका अनुुसार चरम खाद्य संकट र खानलगाउन नपुुगेकै कारणले कुुपोषणको चपेटमा परेको वताए । कुुपोषणका कारणले आमा बाट दुुध समेत नआउदा बच्चालाइ ल्याक्टोजिन दुध खुवाउनुपर्ने वताए । बच्चालाई सहयोग भएपछि सदरमुुकाम मार्तडी बाट दुध किनेर बच्चालाई पठाइएको छ ।
समचार प्रकाशित पछि जाङ्बु शेर्पाले १५ हजार, सुुप्रसना गुुरुङ्गले ५ हजार, बिक्रम टमट्टाले १ हजार, निरु सुुब्बा ३ हजार, शैलेन्द्र थापाले २ हजार सहयोग गरेका छन् । त्यस्तै इन्द्रा गुुरुङ्गले ५ हजार, नरेश शाहिले ३ हजार, सुुमन पियाले २ हजार ५ सय, अनिता लिम्बु बाट १० हजार र अमित ढुुङ्गाना बाट १० हजार सहयोग गरेका छन् । सहयोग रकम आमा र बच्चाको उपचार तथा बच्चालाइ ल्याक्टोजिन दुधका लागि खर्च गरिने भएको छ ।
रेलिको छोरा कुपोषण बाट निकै ग्रसित भएपनि उपचार अभाबमा छटपटिरहेको थियो । उपचार हुुँदा छोरा बाँच्ने आश बढेको खुशी हुुदै आमा रेलिले वताएकि छन् । सहयोग गर्नेलाई धन्यवाद समेति दिएकि छन् । आमा समेत कुुपोषित रहेकी रेलिको दुध समेत नआउदा बच्चा झन जोखिममा रहेको थियो । जन्मेदेखी नै दुध आउदैन्, गाँउले बाट पाउडरको दुध खुवाएर बचाइरहेको उनले वताईन् ।
रेलिका यो भन्दा पहिलो कुपोषणका कारणले ३ वटा बच्चा मृत्यु भइसकेको छ । घरमा खान लगाउन पुुग्दैन्, मागेर परिवार पाल्ने गरेको छुु, कुुपोषणका कारणले आफ्नो दुध नआउने गरेको उनले वताईन् । रेलिका श्रीमान राम्रोसँग आँखा देख्न सक्दैन्न, अरुको सहयोगले छोरा अहिले सम्म बचाएको छ रुदै उनले वताईन् ।
रेलिले छोरालाई स्थानिय स्वास्थ्य चौकीमा उपचार लगेपनि त्यहाँ कुुपोषित बच्चाको उपचार नहुुने र लिटो नभएको भन्दै घर फर्काएका थिए । स्वास्थ्यकर्मीले अन्यत्र लिने भनेपनि पैसा नहुुदा घरमै राखेको रेलिले वताईन् । पाउडरको दुध त अरुलाई मागेर खुवाउछुु, गाँउमा ल्याक्टोजिन दुुध पाँउदैन्, अन्यत्र बाट किनेर ल्याउने पैसा नभएको उनले वताईन् । मुक्तिकोेट गाँउ नेपालकै सबै भन्दा गरिब भएको ठाँउ हो । खडेरीको चपेटमा परेको यो गाँउमा उत्पादनले एक महिना पनि खान नपुग्ने गरेको स्थानियले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार