शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • वन मन्त्रीद्धारा एक अर्ब घुस दिन खोज्नेलाई उन्मूक्ति

वन मन्त्रीद्धारा एक अर्ब घुस दिन खोज्नेलाई उन्मूक्ति

  • बुधबार, फाल्गुन १९, २०७७
वन मन्त्रीद्धारा एक अर्ब घुस दिन खोज्नेलाई उन्मूक्ति

काठमाण्डौंमा आयोजित एक कार्यक्रममा मंगलबार वन तथा वातावरण मन्त्री प्रेम आले मगरले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन आएको बताएका छन् ।
सामुदायिक वन उपभोक्ता महासंघको आठौं राष्ट्रिय परिषद्मा मन्त्री मगरको भनाईले शंका उत्पन्न गराएको सामूदायिक वन उपभोक्ता महासंघकी केन्द्रिय अध्यक्ष भारती पाठकले बताईन् । ‘उहा“ त स्वम् मन्त्री हो, त्यसरी एक अर्ब घुसको अफर गर्नेलाई कानुनी दायरामा ल्याउन उहा“लाई कसले रोक्यो,’ अध्यक्ष पाठकले भनिन्, ‘भनेर मात्र हुन्न, एक्सन गर्नु पर्छ ।’ मन्त्री मगरले आफुलाई धम्कीसमेत आएको बताएको पाठकको भनाई छ ।
नेपालमा लागु गरिएको वैज्ञानिक वन केहि समययता विवादमा छ । ब्यवसायी र कर्मचारीहरु खारेज गर्न नहुने लविङमा देखिदै आएका छन् भने, सामूदायिक वन उपभोक्ताहरु भने वैज्ञानिक वन व्यवस्थापनका नामा वन सखाप हुन थालेका भन्दै जुनसूकै हालतमा खारेज हुनुपर्ने अडानमा छन् । मन्त्री मगरको भनाई पछि सामूदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य नेत्र खनालले घुसको अफर गर्नेको नामसम्म सार्वजनिक गर्नु पर्नेमा जोड दिए । ‘नत्र मन्त्री नै शंकाको घेरामा परे,’ कैलालीका खनालले भने, ‘संवेदनशील सवाल भएकाले जनताले थाहा पाउनै पर्छ ।’ कतिपयले मन्त्री मगरको उक्त भनाई मोलमोलाई भएको आरोप लगाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार