शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • बडिमालिका मिडिया हाउस द्धारा कुष्ठरोगिलाई आर्थिक सहयोग

बडिमालिका मिडिया हाउस द्धारा कुष्ठरोगिलाई आर्थिक सहयोग

  • बिहिबार, फाल्गुन १३, २०७७
बडिमालिका मिडिया हाउस द्धारा कुष्ठरोगिलाई आर्थिक सहयोग

बाजुरा–बाजुराको हिमाली गाँउपालिका ७ बाधु बस्ने ७० बर्षिय अनकला आउजीलाई आर्थिक बडिमालिका मिडिया हाउस द्धारा सहयोग गरिएको छ । बडिमालिका खबरमा अनकला आउजी अलपत्र रहेको समचार प्रकाशित पछि उनलाई आर्थिक सहयोग गरिएको छ ।
अनकलालाई बडिमालिका खबरको समन्वय र जापान बस्ने हेमा गुरुङ्गको सहयोगमा १० हजार सहयोग गरेको बडिमालिका खबरका अनलाइन सम्पादक लक्ष्मिराज पाध्यायले वताएका छन् । डा. अचुुत सालि घिमिरे, बुुढिनन्दा नगरपालिका सहस्वास्थ्य संयोजक ओमजंग शाहि, बडिमालिका खबरका प्रकाशक प्रकाश सिंह र बडिमालिका खबरका लक्ष्मिराज पाध्याय अनकलाको घरमा पुुगेर १० हजार सहयोग गरेका छन् ।
अनकला आउजी अलपत्र रहेको समचार प्रकाशित भएपछि थोरै भएपनि सहयोग होस भनेर १० हजार सहयोग गरेको हेमा गुरुङ्गले बडिमालिका खबरलाई वताएकि छन् । हेमा जापानमा बसेपनि दुुखिपिडितका लागि सहयोग गर्दै आएकि छन् ।
अनकला घर परिवार र समाज बाट तिरिस्कार भएकि छन् । अनकलालाई कुष्ठरोग लागेको जानकारी भएपछि उनलाइ अलगै राखिएको छ । अनकलालाई कुष्ठरोग लागेको १ बर्ष पहिला थाहा भएको थियो । आइएनएफ नामक गैरसरकारी संस्थाले उनलाई नेपालगञ्ज लगेर उपचार शुरु गरेको थियो । उनले केही महिना औषधि खाइसकेपछि गाँउ फर्केकि थिईन् । यो रोग सर्छ भनेर यिनलाइ घरपरिवारले घरको गोठमा अलगै राखिएको थियो ।
रोग सर्छ भनेर घरपरिवार समाजले शौचालय जान रोक समेत लगाएका छन् । रुदै अनकलाले भनिन्, घरमा बुहारि सर्मीला आउजीले ताला लगाईन्, तिन महिना देखी खुला ठाँउमा शौच गर्ने गरेको बताईन् । घरपरिवारले उनलाई अलगै गोठमा राखेका छन्, खाना अलगै पकाएर खाने गरेकि छन् । बुढेशकालमा आफै दाउरा पानि सबै आफैले ल्याएर खाना पकाउने गरेकि बताईन् । रोग लागेको भनेर हेला गर्छन्, आफुलाई कोही नछुने गरेको अनकलाले वताईन् । चिसोमा गोठमा तातो लुगा समेत नभएको उनले वताईन् ।
अनकला गोठमा बस्ने गरेकि छन्, उ बस्ने गोठको छेउमा शौचालय भएपनि बुहारीले ताला लगाएर माइती गएको वताईन् । छोरा कालिमान आउजी बम्बई रहेको उसलाई पनि भनेको आफुलाई अलग राखेको तर बुहारीले ब्यवास्ता गरेका वताईन् । अनकलाका श्रीमान धनवीरे आउजीको पहिला नै मृत्यु भइसकेको छ । घरपरिवारले त अलगै राखेका छन्, गाँउ समाजले पनि अपहेलना गर्ने गरेको उनले वताईन् ।
२ पुस्ता पहिला अनकलाकी सासु नाता लाग्ने साउनी आउजीलाई पनि कुष्ठरोग लागेको गाँउलले वताएका छन् । उनलाई गाँउलेले ओडारमा राखेको थियो, त्यहि ओडारमा मृत्यु भएको वताए । स्वास्थ्यकर्मी ओमजंग शाहिले भने अनकलालाई कुष्ठरोग लागेको थाहा पाएपछि घरपरिवारले बिभेद गर्ने गरेको अलगै राखेको वताए । अनकलाले औषधि खाएको १० महिना भइसकेको यो रोग नसर्ने र उनले १२ महिना सम्म औषधि खाए सञ्चो हुने शाहिले वताए । कुष्ठरोगिले आगो पानि बाट अलग हुनुपर्छ आफै खाना पकाउदा हात जल्ने सम्भाबना हुने उनले वताए ।
कुष्ठरोग आँखाले देख्न नसकिने माइकोव्यक्टेरियम लेप्र नामक शुक्ष्म किटाणुबाट लाग्ने सरुवा रोग हो । यो रोगले खास गरेर छाला र स्नायुमा असर गर्छ । यो रोग लाग्दा रातो तथा हल्का फुस्रो रङ्गको दाग देखिने, अनुहारको छाला बाक्लो हुने, छालामा गिर्खा देखिने, स्नायुमा असर गर्दा हात खुट्टामा छुदाँ थाहा नहुनेुका साथै मांशपेशी पनि कमजोर हुने गरेको स्वास्थ्यकर्मी शाहिले वताए ।
कुष्ठरोग लागेपछि हात खुट्टा निरन्तर झमझम गर्नु, पोल्नु र निदाय जस्तो हुने गर्दछ । अनुहारमा कमिला हिँडे जस्तो हुनु र छालामा रगंहिन दाग देखिन्छ । दागमा कुनै बस्तुले घोचे पनि अनुभव नहुनु । आखीभैँ या आखाँको परेली कम देखिँदै जानु या झर्नु । आखाँ चिम्लिँदा पूरै बन्द नहुनु । हात खुट्टाका औँला कमजोर हुँदै खुम्चिएर अंगभंग हुने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार