बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • राजनीति
  • नेपालकी राष्ट्रपति रबर स्टयाम बनिन् : डाक्टर संग्रौला

नेपालकी राष्ट्रपति रबर स्टयाम बनिन् : डाक्टर संग्रौला

  • सोमवार, फाल्गुन १०, २०७७
नेपालकी राष्ट्रपति रबर स्टयाम बनिन् : डाक्टर संग्रौला

बाजुरा — नेपाली काग्रेसकी केन्द्रीय सदस्य डाक्टर डिला संग्रौलाले अहिलेकी राष्ट्रपति बिद्यादेबी भण्डारी रबर स्टयाम बनेको बताएकी छन र प्रेश युनियन नेपाल बाजुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा डाक्टर संग्रौलाले यस्तो बताएकी हुन । सोमबार बिहान प्रेश युनीयन बाजुरा शाखाले आयोजना गरेको पत्रकार सम्ममेलनमा नेपाली काग्रेसकी केन्द्रीय सदस्य डाक्टर संग्रौलाले नेपालको राजनितिलाई अस्थिर तिर लैजाने केपी वलीको सरकारका बिरुद्धमा सबै नेपालीले लाग्नुपर्ने बताएकी छन । उनले नेपालमा अस्थिरको राजनीती प्रधानमन्त्री केपी ओलीको सरकारले गरेको बताएकी छन । उनले नेपालको संबिधानमा हुदैँ नभएको कु गरेर सांसद बिगठन गर्नुनै नेपालको राजनिती अस्थिर तिर लगेको आरोप लगाएकी छन । कारक प्रचण्ड माधव सम्हु भए पनी निरङकुस तानशाही प्रबृती केपी ओलीले नै गरेकोले देशमा अस्थिर भएको बताएकी छन ।
पत्रकारले सोधेको अर्को प्रशंगमा अहिलेको केपी ओलीको सरकारले देशमा भ्रष्टाचार हिसांका घटना दवाउन र त्यस्ता अपराधी मानशिकताका मान्छेको संरक्षण गरेको आरोप लगाएकी छन । देशमा अहिले केपी ओलीकै आसपासमा रहेका उनकै मान्छेले भ्रष्टचार गर्दा पनि चुप लागेर बस्ने भाषणमा मात्रै हामी भ्रष्टाचार गर्दैनौ भन्ने हावा गफले देशमा झन भ्रष्टचार मौलाउदै गएको बताएकी छन ।
केपी ओलीको सरकारले लोकतन्त्रको चिरहरण गरेको आरोप लगाएकी छन । केपी ओली नेतृत्वको सरकारले लोकतन्त्रको धज्जी उडाउदै लोकतन्त्रमाथी प्रहार गरेको बताएकी छन ।
नेपाल प्रेश युनियन बाजुराका अध्यक्ष प्रेम रौलेको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली काग्रेशकी केन्द्रीय सदस्य डाक्टर डिला संग्रौला प्रमुख अतिथि रहेकी थिइन । नेपाल प्रेश युनीयन जिल्ला शाखा बाजुराका सचिव प्रशान्तराज जोशीले संचालन गरेको कार्यक्रममा नेपाली काग्रेश बाजुराका संगठन बिभाग प्रमुख धनराज पण्डित , नेपाल महिला संघकी नेता जानकी सिहं, निर्मला क्षेत्री, गिरिसा न्यौपाने लगायतका नेताहरुको उपस्थिीती रहेको थियो । आयोजित कार्यक्रममा बाजुरा स्थित बिभिन्न संचार माध्याममा कार्यरत पत्रकारहरुको समेत सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार