शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • आमहडतालको प्रभाब बाजुरा परेन् बजार, शैक्षिक संस्था, कार्यलय सञ्चालन

आमहडतालको प्रभाब बाजुरा परेन् बजार, शैक्षिक संस्था, कार्यलय सञ्चालन

छोटो दुरिका यातायात पनि सञ्चालनमा

  • बिहिबार, माघ २२, २०७७
आमहडतालको प्रभाब बाजुरा परेन् बजार, शैक्षिक संस्था, कार्यलय सञ्चालन

बाजुरा–नेकपा प्रचण्ड पक्षले बिहीबारका लागि घोषणा गरेको आमहड्तालको बाजुरामा असर परेको छैन् । बाजुरा बजार, शैक्षिक संस्था, सरकारी तथा गैर सरकारी कार्यलय सबै सञ्चालनमा रहेका छन् । लामो दुरिका यातायात सञ्चालन नरहेपनि छोटो दुरिका यातायात सञ्चालनमा रहेका छन् ।

No description available.
सदरमुकाम मार्तडीमा रहेको बजार, कोल्टि बजार र साँफे मार्तडी सडक खण्डका रहेका बजारहरु बिहान देखि सञ्चालनमा रहेका छन् । सदरमुुकाम मार्तडीमा नेपाल प्रहरी शसस्त्र प्रहरीको बाक्लो उपस्थित भएपनि प्रचण्ड समुहको भेला जुुलुस केही नरहेको पाईएको छ । बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा यातायत, पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द हुने जानकारी गरेको थियो ।

No description available.
नेकपा प्रचण्ड समुुहका नेता पुर रावतले भने बन्द गरेर जनतालाई दुख दिन मनसाय नरहेको केपी सरकारले गरेका गतिबिधिमा मात्र बिरोध गरेको वताए । हामी बजार बन्द गरे भनेर नहिडेन समेत रावतले बडिमालिका खबरलाई वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार