बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • प्रचण्ड समुुहको मसाल जुुलुसमा केपी समर्थकले अबरोध गर्न खोज्दा झडप (भिडीयाे सहित)

प्रचण्ड समुुहको मसाल जुुलुसमा केपी समर्थकले अबरोध गर्न खोज्दा झडप (भिडीयाे सहित)

  • बुधबार, माघ २१, २०७७
प्रचण्ड समुुहको मसाल जुुलुसमा केपी समर्थकले अबरोध गर्न खोज्दा झडप (भिडीयाे सहित)

बाजुरा — बाजुराको सदरमुुकाम मार्तडीमा नेकपा प्रचण्ड समुहले निकालेको मसाल जुलुसमा नेकपा केपी समुहका कार्यक्रताले अबरोध पुुयाउन खोज्दा झडप भएको छ । नेपाल प्रहरी शसस्त्र प्रहरीको बाक्लो उपस्थित भएपनि दुुबैपक्ष बिच नाराबाजि र एकअर्कालाई धकेलाधकेल भएको थियो ।
प्रचण्ड समुुहले मसाल जुलुुस निकालेर लोकतान्त्रिक चोक तर्फ गइरहेको बेला केपी समुहका कार्यक्रता पनि नारा जुलुुस सहित लोकतान्त्रिक चोक पुुगेका थिए । प्रचण्डको समुुहको नेतृत्व नेकपा जिल्ला कमिटि सदस्य पुर रावतले गरेका थिए भने केपी समर्थक अनेरास्वीयुु र युवा संघका कार्यक्रता रहेका थिए ।
झडपमा दोहोरो पक्षले नारालगाउदै प्रहरी समेतलाई धकेलाका थिए । १० मिनेट सम्म भएको दोहोरो झडपमा प्रहरीले रोक्न खोजी रहेपनि कुनै पनि कार्यक्रता माथि लठ्ठि चार्ज भने गरेको थिएन् । प्रहरीले लठ्ठि चार्ज तथा बल प्रयोग गरे थप जटि स्थिति सिर्जना हुन सक्ने भएकाले कुनै बल प्रयोग नगरेको प्रहरीले जनाएको छ ।

भिडियाे यहाँ छ ।

चर्चामा

सम्बन्धित समाचार