बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिम प्रदेश सभाको आयु ११ दिन !

सुदूरपश्चिम प्रदेश सभाको आयु ११ दिन !

  • आइतवार, माघ १८, २०७७
सुदूरपश्चिम प्रदेश सभाको आयु ११ दिन !

सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेसन आह्वानमा ढिलाइ भएको छ। संविधानमा भएको व्यवस्था अनुसार एउटा अधिवेसनको समाप्ति र अर्को अधिवेसनको प्रारम्भका बीचको अवधि ६ महिना भन्दा बढी नहुने भनिएको छ। सो व्यवस्था अनुसार सुदूरपश्चिम प्रदेश सभाको अधिवेसन आह्वान यहि माघ महिनाभित्रै गरिसक्नु पर्ने कानुनी बाध्यता छ।

वर्तमान राजनीतिक संकटले सुदूरपश्चिम प्रदेश सरकार प्रभावित भएको छ। नेकपाकै बहुमत रहेको प्रदेश सभा सदस्यहरु नेकपा विभाजन सँगै विभाजित भएपछि प्रभावित भएको हो। जुनकारण समयमा प्रदेश सभालाई प्रदेश सरकारले बिजनेश दिन नसक्दा ढिलाइ भएको हो। कानुनतः अब प्रदेश सभाको आयु ११ दिन मात्रै बाँकी रहेको हो। प्रदेश सभाको अघिल्लो अधिवेसन गत साउन मसान्तमा सकिएको थियो।

तर प्रदेश प्रमुख अर्जुन थापाले अधिवेसन आह्वानको तयारी थालिएको बताए। राजनीतिक कारणले ढिलाइ भएको बताउँदै सभामुख थापाले बिजनेश आएकोले चाँडै नै अधिवेसन आह्वान हुुने दाबी गरे।

३ वटा नयाँ विधेयक दर्ता भएको र २ वटा पहिलेकै गरि हालसम्म ५ वटा विधेयकमाथि छलफल हुन बाँकी रहेको जानकारी गराउँदै माघ २५ गतेभित्रै अधिवेसन आह्वान गरिने बताए।

नेपकपाकै प्रदेश सभा सदस्यहरु विभाजित भएपछि अब आह्वान हुने प्रदेश सभा बैठकमा सत्तापक्षलाई प्रतिपक्षको कडा चुनौती हुन सक्ने आँकलन गरिएको छ। ५३ जना प्रदेश सभा सदस्य रहेको प्रदेश सभामा १२ जना नेपाली काँग्रेस र २ जना जनता समाजवादी पार्टी पार्टीका प्रदेश सभा सदस्यहरु रहेका छन्। नेकपाका ३९ जना प्रदेश सभा सदस्य मध्ये ७ जना प्रदेश सभा सदस्यहरु नेकपाको ओली समूहमा खुलेका छन्। मुख्यमन्त्री त्रिलोचन भट्ट नेकपा प्रचण्ड–नेपाल समूहका नेता मानिन्छन्।

सभामुख थापाले पार्टी विवाद भने जस्तो नभएको बताउँदै भने, ‘पार्टी विवाद माथिल्लो तहमा मात्रै हो। यहाँ त्यस्तो छैन। पहिले पनि राम्रै सँग बैठक सञ्चालन भयो। अब पनि राम्रै हुन्छ। सबै पक्षलाई मिलाएर लैजान्छु।’

चर्चामा

सम्बन्धित समाचार