बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • प्रेश युनियनद्धारा लगाएको पत्रकार महासघंको ताला खुलाइयो

प्रेश युनियनद्धारा लगाएको पत्रकार महासघंको ताला खुलाइयो

  • बिहिबार, माघ १५, २०७७
प्रेश युनियनद्धारा लगाएको पत्रकार महासघंको ताला खुलाइयो

बाजुरा — नेपाल पत्रकार महासघं बाजुरा शाखामा नेपाल प्रेश युनियन बाजुराले लगाएको ताला बिबिध बिषयको छलफल पछि खुलाएको छ । प्रेश युनयिन बाजुराले बिभिन्न माग राख्दै पौष १८ गते लगाएको ताला नेपाल पत्रकार महासंघ बाजुरा र प्रेश युनियन बिचको बार्तालाप पछि ताला खोल्ने सहमती भएको नेपाल प्रेश युनियन बाजुराका सचिव प्रशान्तराज जोशीले बताएका छन ।
बुधावार दुबै पक्ष बिच भएको बार्तापछि ताला खोलिएको नेपाल पत्रकार महासघं बाजुराका सचिव प्रेम बिकले बताए । बार्तामा प्रेश युनियनले राखेका माग सहितको तालाबन्दी पछि सहमती गर्न बसेको बार्ताले आपसी मतभेदका कुराहरु र संगठान्तमका कुराहरुलाई मध्यनजर गर्दै ताला खुलाईएको नेपाल पत्रकार महासघं बाजुराका बरिष्ठ उपाअध्यक्ष निमेन्द्र शाहीले बताएका छन ।

दुबै पक्ष बिच भएको आपसी सहमतीमै ताला खोलीएको उनले बताए । नेपाल पत्रकार महासंघ बरिष्ठ उपाअध्यक्ष निमेन्द्र शाही सचिव प्रेम बिक, नेपाल पत्रकार महासघंका संस्थापक अध्यक्ष तथा प्रेस युनियनका केन्द्रीय सदस्य दयाराम पण्डित प्रेस युनियनको जिल्ला शाखाका अध्यक्ष प्रेम रौले सचिव प्रशान्त जोशी लगायतको बार्ता टोलीले आपसी सहमती पछि पत्रकार महासघंको ताला खुलाएको नेपाल पत्रकार महासघ बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार