शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • कैलालीको टीकापुरबाट विप्लवका नगर एरिया इन्चार्जसहित ३ कार्यकर्ता पक्राउ

कैलालीको टीकापुरबाट विप्लवका नगर एरिया इन्चार्जसहित ३ कार्यकर्ता पक्राउ

  • शनिबार, माघ १०, २०७७
कैलालीको टीकापुरबाट विप्लवका नगर एरिया इन्चार्जसहित ३ कार्यकर्ता पक्राउ

धनगढीः नेकपा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको ३ जना नेता कार्यकर्तालाई प्रहरीले शनिबार कैलालीको टीकापुरबाट पक्राउ गरेको छ। पक्राउ परेका आफ्ना नेताहरुको रिहाइको माग गर्दै आ≈वान गरिएको नेपाल बन्द गरेको क्रममा उनीहरुलाई पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेका अनुसार पक्राउ पर्नेमा टीकापुर नगरपालिका एरिया इन्चार्ज पूर्ण खड्का, एरिया सेक्रेटरी जगत विश्वकर्मा र डम्मर बिष्ट रहेका छन्।

शान्ति सुरक्षा कायम गर्न उनीहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक न्यौपानेले दिनेशखबरलाई जनाए। यसैबीच कैलालीमा बन्दको आंशिक प्रभाव परेको छ। प्रहरीले सार्वजनिक सवारी साधनलाई स्कटिङ गरेर गन्तव्यमा पुर्याइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार