शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • कम्युनिष्ट पार्टीको लाज छोप्न राज्य काेषको दुरुपयोग किन?

कम्युनिष्ट पार्टीको लाज छोप्न राज्य काेषको दुरुपयोग किन?

  • सोमवार, माघ ५, २०७७
कम्युनिष्ट पार्टीको लाज छोप्न राज्य काेषको दुरुपयोग किन?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बिभाजन पछि नेकपा (ओलि समूह) र (प्रचण्ड-माधव समुह) ले गरिरहेका कार्यक्रमहरु प्रती लक्षित गर्दै नेवि संघ त्रिभुवन विश्वविधालय समिति सचीव योगेन्द्र रावलले कम्युनिष्ट पार्टीको लाज छोप्न राज्य काेषको दुरुपयोग किन ? भन्दै प्रश्न गरेका छन् ।

नेपाली जनताले नेकपा को अग्नि परिक्षा स्वरुप झन्डै दुईतिहाई नजिक जनमत दिएपनी “बादरको हातमा नरिवल”भनेझै नेकपाले सरकार संचाललन गर्न नसक्दा आज त्यो जनमतको दुरुपयोग भएको छ । राज्य काेषको दुरुपयोग गर्दै प्रधानमन्त्री ओलिले आफू जता गयो उतै आफ्नो पक्षमा अझै माहोल छ भन्ने देखाउन देश भरिका कार्यकर्ता जम्मा गरि देशको ढुकुटी रित्याएको भन्दै नेता रावलले राज्य श्रोतको दुरुपयोग गर्ने अधिकार प्रधानमन्त्रीलाई नरहेको बताएका छन् ।

प्रचण्ड-माधव समूह होस् वा ओलि दुबै समूहले आकर्षक मञ्च तयार गरि युवाहरुको भिड जम्मा गरेपनी एक अर्कोलाई गाली गरि ध्वनि प्रदुषणको भाषण बाहेक केही नगरेको भन्दै रावलले सामाजिक संजालमा “कम्युनिष्ट पार्टीका नेताहरुले लोभलाग्दो मञ्चहरु निर्माण गरे, थुप्रै युवा विद्यार्थी साथिहरु जम्मा गरे तर काम भने एक अर्कोलाई गाली गर्ने बाहेक केही गरेनन् ,युवाहरु दिनभरि थप्पडी बजाएर साझ घर फर्के? नेतृत्व माथी प्रश्न गर्ने सामर्थ्य राखेनन् ? कम्युनिष्ट पार्टीको लाज छोप्न राज्य श्रोतको दुरुपयोग किन?” यस्तो प्रश्न गरेका छन् ।

साथै नेता रावलले अनेरास्ववियुको काम,कर्तव्य भनेकै आफ्नो एक नेताले अर्को नेतालाई गाली गर्दा थप्पडी बजाउदै बस्ने हो कि नेतृत्व माथी प्रश्न गर्ने हो? भन्दै ब्याङ्य गरेका छन  । अहिले ओलि समुहले प्रचण्ड माधव समुहलाई र प्रचण्ड माधव समुहले ओलि समुहलाई दिनहुुँ गाली गर्नमै समय बेतित गर्दा सरकारको काममा समेत प्रभाव परेको देखिन्छ भने चौतर्फी ओलि सारकारको आलोचना भैरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार