शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • बाजुराका पशु चिकित्सक शाही नेपाल पशु चिकित्सा परिषदकाे सदस्यमा निर्वाचित

बाजुराका पशु चिकित्सक शाही नेपाल पशु चिकित्सा परिषदकाे सदस्यमा निर्वाचित

  • आइतवार, माघ ४, २०७७
बाजुराका पशु चिकित्सक शाही नेपाल पशु चिकित्सा परिषदकाे  सदस्यमा निर्वाचित

बाजुरा — नेपाल पशु चिकित्सा परिषद् (भेटेरिनरी काउन्सिल) को सदस्य पदमा बाजुराका डा. मनाेज कुमार शाही विजयी भएका छन् । परिषद्को शनिबार भएको निर्वाचनमा बाजुरा स्वामीकार्तिक खापर गाउँपालिका वडा न ३ मा जन्म भइ हाल पशु चिकित्सा कार्यरत डाक्टर शाही कान्छाे सदस्यकाे रूपमा निर्बाचित भएका हुन ।

बिगत ८ बर्ष देखी यस क्षेत्रमा काम गर्दै अाएका शाहीले नेपाल पशु चिकित्सा  क्षेत्रकाे बिकाशका लागि राम्राे काम गर्ने बताएका छन । अहिलेसम्मकै सबै भन्दा कान्छाे सदस्यका रूपमा रहेकाे र याे युवामा हुने जाेश जागर नेपाल पशु चिकित्सा क्षेत्रकाे बिकाश लागि खर्च गर्ने उनले बताएका छन ।

नेपाल सरकारको एक मात्र भेटेरिनरी सेवाको नियमनकारी निकाय नेपाल पशु चिकित्सा परिषदको सदस्यमा बिजयी गराउनु हुने सम्पूर्ण डाक्टरहरुलाई  डाक्टर शाहीले धन्यवाद समेत दिएका छन । आगामि चार वर्षको कार्यकालमा चुनावमा गरेका प्रतिवद्धता र घोषणा सहित अगाडी बढेर पशु चिकित्सा क्षेत्रमा डटेर काम गर्ने उनले बडिमालिका खवर संग बताएका छन ।
बिजयी २ जना उपाध्यक्ष र ५ जना सदस्यहरुमात्र भएका छैनौ। सम्पूर्ण २४ जना उम्वेदवारले उठाएका एजेण्डाहरुले जितेको छ उनले बडिमालिका खवर संग भने ।
सरकारको सल्लाहाकारको रुपमा रहेको काउन्सिलको हरेक ४–४ वर्षमा नयाँ निर्वाचन गर्नुपर्ने ऐनमा भएको व्यवस्था अनुसार परिषद्ले उक्त मितिमा निर्वाचत भएको डाक्टर शाहीले बताए ।

विजयी हुनेहरुको सपथ ग्रहण र पदबहाली १० माघमा हुने परिषद्का रजिष्ट्रार डा. नारायण घिमिरेले  जानकारी दिएका छन । नेपाल पशु चिकित्सा परिषद् ऐन २०५५ को व्यवस्था अनुसार २ जना उपाध्यक्ष र ५ जना सदस्य छनोटका लागि निर्वाचन भएको हो ।

परिषद्को अध्यक्ष र रजिष्ट्रार सरकारले नियुक्त गर्ने र २ जना सदस्य सरकारले मनोनित गर्ने व्यवस्था छ । अध्यक्ष, रजिष्ट्रार र मनाेनित सदस्य मध्ये १ सदस्यकाे पद १६ जेठसम्म छ । यसअघि परिषद्मा मनाेनित सदस्यका रूपमा रहेका डा. स्वयंप्रकाश श्रेष्ठले भने पदावधि छँदै राजीनामा दिएर उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरी विजयी समेत भएका हुन् ।

चर्चामा

सम्बन्धित समाचार