शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बाजुरा बुढिनन्दा नगरपालिकामा भिरबाट लडेर एक जनाकाे मृत्यु

बाजुरा बुढिनन्दा नगरपालिकामा भिरबाट लडेर एक जनाकाे मृत्यु

  • बुधबार, पुस २९, २०७७
बाजुरा बुढिनन्दा नगरपालिकामा भिरबाट लडेर एक जनाकाे मृत्यु

बाजुरा — बाजुराको बुढीनन्दा नगरपालिकामा भिरबाट लडेर आज एक जनाको मृत्यु भएको छ । बुढीनन्दा नगरपालिका वडा नं एकका ७३ वर्षिया लक्ष्मीराज उपाध्यायको भिरबाट लडेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ । हिजो साझँ गाईवस्तु ल्याउन भनि घरबाट गएका उपाध्याय घर नफर्किए पछि खोजी तलासि गर्ने क्रममा आज मृत अवस्थामा फेला पारीएको प्रहरी निरीक्षक देवेन्द्र जोशीले जानकारी दिएकाा छन ।

हिजो साझँ हराएको जानकारी प्राप्त भए पनि खोजी गर्ने क्रममा आज दिउसो करीव २ वजे तिर बुढीनन्दाको तारेजुर भिरमा उपाध्यायको शव भेट्टिएको उनले बताएका छन । मृतक उपाध्ययको आजै पोष्टमार्टम गरीएको प्रहरीले जनाएको छ । उहाँका श्रीमति, दुई छोरा र दुई छोरी रहको आफन्तले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार