शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा बाजुरा ओली पक्षकाे ६ सय १ जना जिल्ला कमिटी बन्याे

नेकपा बाजुरा ओली पक्षकाे ६ सय १ जना जिल्ला कमिटी बन्याे

  • बुधबार, पुस २९, २०७७
नेकपा बाजुरा ओली पक्षकाे ६ सय १ जना जिल्ला कमिटी बन्याे

बाजुरा — नेपाल कम्युनिष्ट पाटी (नेकपा) बाजुराकाे ओली पक्षले पाटीको चौथो बैठकबाट ६०१ जना जिल्ला कमिटि विस्तार गरेको  छ ।पाटीको सोमबार बसेको बैठकले नेकपा ओली समुहको ५५१ जना मध्ये १२१ जनाको उपस्थितमा उक्त कमिटी गठन गरेको नेकपा ओली पक्षका पाटी प्रचार विभाग प्रमुख अमर खड्काले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । ओली पक्षका प्रचार बिभाग प्रमुख खड्काले  पाटीको बैठकको निर्णय सार्वजनिक गरेकाे जनाइएकाे छ ।
प्रचार विभाग प्रमुख अमर खड्काले संचालन गरेको कार्यक्रमको प्रमुख अतिथी पाटी केन्द्रीय सदस्य तथा बाजुरा इन्चार्ज लाल बहादुर थापा,पाटी अध्यक्ष तथा केन्द्रीय सदस्य कालीबहादुर शाही, महिला नेतृ  बसुन्धरा रोकाया,पाटी सचिव भरत बुढा भाृत संगठनका प्रमुख तथा प्रतिनिधी र पत्रकारहरु सम्मेनलमा सहभागी  रहेकाे प्रचार विभाग प्रमुख अमर खड्काले बताएका छन ।

 

चर्चामा

सम्बन्धित समाचार