बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • पार्टी फुटाउनेहरु आफै समाप्त भएर जान्छन : अध्यक्ष थापा

पार्टी फुटाउनेहरु आफै समाप्त भएर जान्छन : अध्यक्ष थापा

  • आइतवार, पुस २६, २०७७
पार्टी फुटाउनेहरु आफै समाप्त भएर जान्छन : अध्यक्ष थापा

बाजुरा — नेपाल कम्युनिष्ट पार्टि नेकपा ओली समुहका नेता तथा सुदुर पश्चिमका नेता कणर् बहादुर थापाले पार्टीलाइ फुटाउनेहरु आफै समाप्त भएर जाने बताएका छन नेकपा वली समुहद्धारा आयोजीत शभालाई सम्बोद्धन गर्न बाजुरा पुगेको नेता थापाले यस्तो बताएका हुन । नेकपामा हामी भन्दा बाहेक अरुको कसैको भभिस्य नभएको र हामी सहि सत्मार्गमा रहेकोले बाजुरेली जनताले नडगमगाउन समेत उद्धघोष गरेका छन । आफुहरु पार्टी बनाउन लागेको र केही अराजकहरु पाटीको हित बिपरीत सडकमा गएका माधन नेपाल प्रचण्डहरुको समुहको अब देश भरी हराउने बताएका छन ।

नेता थापाले जिल्ला देखी केन्द्र सम्म आफ्नै पल्लाभारी हुनेमा ढुक्क भएर बस्न समेत आग्रह गरेका छन । नेपालमा रेल ल्याने केपी वली पानीजहाज नेपालमा ल्यान लागेको र यस्ता थुप्रै कामहरु हाम्रो सरकार भएको बेला भएका छन । त्यसैले यस्ता राम्रा काम गरेकोले अराजकहरुको समुहले सहन नसकेर सडकमा गएको आरोप लगाएका छन । देशभक्त भन्नेहरु पनी उनिहरुको गुलामी गर्न लागेकाले देशको बिकाश देख्न नचाहानेहरुको समहु सडकमा हुमिएको बताए ।
प्रधानमन्त्री केपी वलीले गरेका राम्रा कामहरुलाई देख्न नसकेर छुटिएका नेता प्रचण्ड र माधव नेपालले नाटक मंञ्चन गरेर छुटिएर गएको आरोप समेत लागाएका छन । यसरी आफ्नै सरकारको बिरुद्धमा गएकाहरु अब कहिल्यै सरकारमा आउन सक्दैनन थापाले भने । गलत काम गर्नेहरुको कल्याण कहिल्यै नभएको र सत्यको बिजयी हुने भएकोले अब जस्तो सुकै हालतमा नेकपा वली समहु बाट छुट्टिीनेहरु कहिल्यै नफर्किने बताएका छन । देश बनाउन हामी जनताकाे माझमा जानुपर्ने बाध्यता श्रृजना भएकाे छ याे माहाेल नेकपाकै नेता प्रचण्ड र माधव नेपाल लगायतका नेतहरूका कारण फेरी जनता सामु ३ बर्षमै जनता सामु भाेट माग्न जान बाध्य बनाएकाे बताए ।
समृद्ध नेपाल सुखी नेपाल बनाउन जनताले बिश्वास दिए तर यहा केही समुहका सदस्यहरुले धोका दिए उनले भने । नेता थापाले माधव नेपाल र प्रचण्डलाई सामन्तको संज्ञा दिएका छन । नेपाल कम्युनिष्ट पार्टीका बाजुरा जिल्ला कमिटी अध्यक्ष कालीबहादुर शाहीको अध्यक्षतामा संचालन भएको बिशाल सभाको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी सुदुरपश्चिम प्रदेश अध्यक्ष कणर्बहादुर थापा बिशिष्ट अतिथिमा केन्द्रिय सदस्य लालबहादुर थापा लगाएत केन्द्रिय सदस्य तथा जिल्ला तहका नेता बिभिन्न भातृ संगठनका प्रमुख हरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताईएको छ ।

चर्चामा

सम्बन्धित समाचार