शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • प्रधानमन्त्रीको सम्बोधन सभाबाट नियन्त्रणमा लिइएका युवाहरु छुटे

प्रधानमन्त्रीको सम्बोधन सभाबाट नियन्त्रणमा लिइएका युवाहरु छुटे

  • शनिबार, पुस २५, २०७७
प्रधानमन्त्रीको सम्बोधन सभाबाट नियन्त्रणमा लिइएका युवाहरु छुटे

शुक्रबार धनगढीस्थित खुुला मञ्चमा आयोजना गरिएको नेकपा ओली समूहको जनसभाबाट नियन्त्रणमा लिएका युवाहरुलाई प्रहरीले छोडेको छ। सशस्त्र प्रहरीको समन्वयमा नियन्त्रणमा लिइएका ‘निर्मला पन्तको बलात्कारी खै?’ लेखिएको टिसर्ट लगाउने युवाहरुलाई शुक्रबार साँझ नै छाडिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीकले जनसभामा अर्को समूहबाट ती युवकहरुमाथि हुनसक्ने सम्भावना असुरक्षालाई ध्यानमा राखेर केहीबेर नियन्त्रणमा लिएर छाडिएको बताए।

उनीहरुले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार गरी हत्या भएको २ वर्ष बित्दा पनि सरकार मौन रहेको भन्दै विरोध जनाएका थिए। उनीहरु ‘निर्मला पन्तको बलात्कारी खै ?’ र ’निर्मलालाई न्याय दे’ लेखेको टि–सर्ट लगाएर प्रधानमन्त्री ओली सहभागी कार्यक्रमा उपस्थित भएका थिए।

२०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो। बलात्कार र हत्या प्रकरणको अनुसन्धान हालसम्म चलिरहेको छ।

चर्चामा

सम्बन्धित समाचार