शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराको सरकारी वकील कार्यालयको महान्यायधिक्ता खरेलद्धारा उद्धघाटन

बाजुराको सरकारी वकील कार्यालयको महान्यायधिक्ता खरेलद्धारा उद्धघाटन

  • शुक्रबार, पुस २४, २०७७
बाजुराको सरकारी वकील कार्यालयको महान्यायधिक्ता  खरेलद्धारा उद्धघाटन

बाजुरा — बाजुरा जिल्लाको नबनिर्मित सरकारी वकिल कार्यालयको भवनको एक कार्यक्रमका बिच उद्धघाटन गरिएको छ । बारा र बाजुरामा जिल्ला सरकारी वकिल कार्यालयको भवन उद्घाटन गरिएका छन्। महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले भर्चुअल माध्यमबाट कार्यालयको उद्घाटन गरेका हुन्। बुधबार दुबै भवनको उद्घाटन गरिएको हो।  सो कार्यालयको भर्चुवल ( अनलाइनबाट) महान्यायधिक्ता अग्नीराज खरेलले उद्धघाटन गरेको सरकारी वकील कार्यालय बाजुराले जनाएको छ ।
बाजुराको सरकारी वकील कार्यालय संगै आजै बारा जिल्लाको कार्यालय पनी अनलाइनबाटै उद्धघाटन गरिएको जनाएको छ । “सरकारी वकील कार्यालय भवन  भौतिक पूवार्धार सहित काम गर्न सजिलाेकाे लागि निर्माण गरिएकाे महान्यायधिक्ता खरेलले अनलाइन मार्फत बताएका छन ।  निर्माण कार्य  सम्पन्न पश्चात साे भवनकाे शिलालेख अनलाइनबाटै अनावरण गरि भवनकाे उद्धघाटन गरिएकाे जनाएकाे छ ।

भवनमा अभिलेख कक्ष, मिटिङ हल, थुनुवा कक्ष र पाले पहरा कक्ष समेत छन्। यस्तै दुबै भवनमा हेल्प डेस्क‚ बयान कक्ष, मुद्दा फाँट तथा साक्षी भेटघाट कक्षसमेतको व्यवस्थापन गरिएको छ। कार्यालय प्रमुखको आवास पनि भवनमै रहेको छ।

https://badimalikakhabar.com/wp-content/uploads/2021/01/News_Jisawaka-Bara-and-Jisawaka-Bajura-inauguration-program_77_9_22_1609933124-1.pdf

 

चर्चामा

सम्बन्धित समाचार