शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका ४० सामुदायिक बिद्यालयमा महिनावारी स्वच्छता ब्यबस्थापन मैत्री कार्यकाे थालनी हुदैँ

बाजुराका ४० सामुदायिक बिद्यालयमा महिनावारी स्वच्छता ब्यबस्थापन मैत्री कार्यकाे थालनी हुदैँ

  • मङ्लबार, पुस २१, २०७७
बाजुराका ४० सामुदायिक बिद्यालयमा महिनावारी स्वच्छता ब्यबस्थापन मैत्री कार्यकाे थालनी हुदैँ

बाजुरा — बाजुरा जिल्लाका ४० सामुदायिक बिद्यालयमा महिनावारी स्वच्छदा ब्यबस्थापन  मैत्री  हुने भएकाे छन । प्याड ब्यबस्थापन सँगै खानेपानीको पनि ब्यबस्थापन सहित छात्रमैत्री शौचालय निर्माण हुन लागेको जिल्ला शिक्षा समन्वय इकाइ बाजुराले जनाएको छ ।
जिल्लाका बडिमालिका, बुढिगंगा, त्रिबेणी नगरपालिका, खप्तडछेडेदह र गौमुल गाँउपालिका ४० माध्यामिक सामुदायिक बिद्यालयमा KOICA / GNI नेपाल अन्तर्गत शौचालय ब्यबस्थापन भइरहेको कार्यक्रम संयोजक देबेन्द्र शाहले वताएका छन् । छात्रमैत्रि शौचालय निर्माण पछि ६ हजार ३ सय ८३ जना किशोरी प्रत्यक्ष लाभाबान्ति हुने भएको शाहले वताएका छन् । छात्रमैत्री शौचालय सँगै प्याड ब्यबस्थापन र पानिको ब्यबस्थापन गर्ने जनाइएको छ ।
जिल्लामा सामुदायिक तथा निजि बिद्यालयमा छात्रमैत्रि शौचालय र प्याड ब्यबस्थापन नहुँदा किशोरी समस्या भोग्दै आएपछि परियोजनाले शौचालय बनाउनमा सहयोग गरेको छ । बाजुराका अधिकांश बिद्यालयमा छात्रमैत्रि शौचालय नहुदा किशोरीहरुलाइ समस्या भएको छ । सरकारले बिद्यालयमा अनिवार्य सेनेटरी प्याडको ब्यबस्थापन गरेको भएपनि बिद्यालयमा प्याड ब्यबस्थापन नहुदा छात्राहरुलाई समस्या भइरहेको छ । KOICA / GNI नेपालकाे सहयाेगमा बाजुरामा  महिनावारी स्वच्छता ब्यबस्थापन मार्फत किशोरीहरुको स्वास्थ्य र अधिकार सुधार परियोजना कार्यक्रम सञ्चालन भइरहेको छ ।
बिद्यालयमा छात्रमैत्रि शौचालय निर्माण भएपछि महिनावारी भएकि किशारीलाई सहज हुने भगवती माबि सेलापाखा कक्षा १० मा अध्यनरत लक्ष्मि शाहिले वताएकि छन् । बाजुरामा २ सय ७४ सामुदायिक र निजि बिद्यालय रहेका छन् । जसमा ६३ वटा माबि र २१ वटा उमाबि रहेको छन् । कुनै बिद्यालयमा छात्रमैत्रि शौचालय र प्याड ब्यबस्थापन गर्ने नरहेको पाईएको छ ।
बिद्यालयमा छात्रमैत्रि शौचालय र प्याड ब्यबस्थापन गर्ने बनाएको भएपनि प्रयोगबिहिन बनेको उनले वताएका छन् । छात्राहरुलाई बितरण गर्ने गरेका छौ, उनिहरु घर लिने गरेका छन्, घरमा प्रयोग गर्ने गरेका छन । बिद्यालयमा महिनावारी भएको बेला प्याड ब्यबस्थापन गर्ने नहुँदा महिनावारी भएको ३ दिन सम्म बिद्यालय नआउने गरेको छात्राहरुले वताएकी छन् ।
बाजुरामा अझै पनि महिनावारीको बेला घर भन्दा अलगै राख्ने सार्वजनिक ठाँउमा नजाने गरेका छन् । प्राय महिनावारी भएको ३ दिन सम्म छात्राहरु बिद्यालय नजाने गरेको पाईएको छ । सरकारले नितिमा निशुल्क सेनेटरी प्याडको ब्यबस्थापन गरेको भएपनि प्याड ब्यबस्थापन गर्ने ठाँउ बिद्यालयमा नहुँदा सरकारको निशुल्क प्याड ब्यबस्थापन नारामा सिमित रहेको नागरिक अगुवा प्रदिप राज जैशीले वताएका छन् । बाजुरामा महिनावारी भएको बेला धेरै महिला छाउगोठमा बस्दै आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार