बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बुढीगंगा
  • बाजुरा भीरबाट लडेर एक जनाको मृत्यु

बाजुरा भीरबाट लडेर एक जनाको मृत्यु

  • आइतवार, पुस १९, २०७७
बाजुरा भीरबाट लडेर एक जनाको मृत्यु

बाजुरा — बाजुराको बुढीगंगा नगरपालिकामा भिरबाट लडेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका ३ का अन्दाजी ४० वर्षीया सौरे नेपाली रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रहरीका अनुसार नेपाली मावली घर नडाङ्गबाट घर आउने क्रममा शुक्रबार राति पानीमुलको खोलाको कुलोबाट लडेर मृत्यु भएको बताइएको छ । मृतक नेपालीको पोष्ट मार्टमका लागि शनिबार नै जिल्ला अस्पताल बाजुरामा ल्याएको प्रहरीले जनाएकाे छ ।  मृतक नेपालीको मृत्युपछि श्रीमती र छोराछोरी बेसहारा बनेका छन् ।

चर्चामा

सम्बन्धित समाचार