बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी ११ वर्षपछि पक्राउ

ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी ११ वर्षपछि पक्राउ

  • आइतवार, पुस १९, २०७७
ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी ११ वर्षपछि पक्राउ

कञ्चनपुर प्रहरीले ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको बेल्डाडी गाउँपालिका–३ का बिरे विष्ट रहेका छन्।

घटना भएको मिती २०६५ चैत २४ गतेदेख फरार रहेका विष्टलाई घरमै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

उनलाई पुनराबेदन अदालत महेन्द्रनगरले २०७० माघ ६ गते ४ लाख ५० हजार जरिवाना र १ महिना १५ दिनको कैद सजाय सुनाएको थियो।

पक्राउपछि विष्टलाई कारवाहीका लागि अदालतमा पेश गरिएकोमा उनलाई अदालतले कारागार चलान गरिसकेको प्रहरी नायव उपरीक्षक थापा क्षेत्रीले बताए।

चर्चामा

सम्बन्धित समाचार