शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • चार कम्पनी विभागको कारवाहीमा

चार कम्पनी विभागको कारवाहीमा

  • शनिबार, पुस १८, २०७७
चार कम्पनी विभागको कारवाहीमा

उपभोक्ता संरक्षण ऐन, २०७५ विरुद्ध गतिविधि सञ्चालन गर्ने ४ कम्पनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको कारबाहीमा परेका छन् । दैनिक बजार अनुगमनका क्रममा विभागले शुक्रबार काठमाडौं महानगरपालिका १३ स्थित सत्यश्वर इन्टरप्राइजेज, कामनपा १४ को त्रिशक्ति स्टोर, कामनपा ३० को महवद नुर्सद सिरक डसना पसल र ललितपुर महानगरपालिका ८ स्थित वहारी फर्निचरलाई विभागले कारबाही गरेको हो ।

उक्त फर्महरुबाट विभागले कुल ४० हजार जरिवाना शुल्क असुल गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ विरुद्धगतिविधि सञ्चालन गरेकाले उक्तफर्महरु माथि कारबाही गर्नुपरेको विभागले जनाएको छ । विभागद्धारा बजार अनुगमनमा निक्लिएको टोलीले उक्त फर्महरुलाई अन्दस्र्पोट कारबाही गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार