बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • पैसा नहुँदा अस्पताल बाट घर फिर्ता, जिवनमरणको दोसाधमा लालसरा

पैसा नहुँदा अस्पताल बाट घर फिर्ता, जिवनमरणको दोसाधमा लालसरा

  • बिहिबार, पुस १६, २०७७
पैसा नहुँदा अस्पताल बाट घर फिर्ता, जिवनमरणको दोसाधमा लालसरा

बाजुरा–बुढिगंगा नगरपालिका ५ नवाघर बस्ने ४१ बर्षिय लालसरा देवी बिक जिवमरणको दोसाधमा रहेकी छन् । लासरालाई आफन्तले उपचारका लागि अछामको बयलगडा अस्पतालमा लिएपनि पैसा नहुदा घर ल्याएका छन् ।
स्थानिय स्वास्थ्य चौकी हुदै अछामको बयलगडा अस्पतालमा रिन काढेर १ हप्ता पहिला उपचारका लागि लगेका थिए । बयलगडा अस्पतालले सेति प्रादेशिक अस्पताल धनगढी रिफर गरेपनि पैसा नहुदा घर ल्याएको लालसरकी दिदि तुलक्षि लुवारले वताएकि छन् ।
अछाम सम्म जेनतेन गरेर पुयायौ, धनगढी लिन पैसा छैन्, अब उपचार नपाएर मर्ने भई तुलक्षिले वताईन् । लालसराको श्रीमान लाल सिं बिक ५ बर्ष पहिला पैसा नहुदा उपचार अभाबमा मृत्यु भएको थियो । एक छोरा एक छोरी नावालक रहेका छन्, श्रीमान बितेपछि अलपत्र अबस्थामा परेको परिवार बिरामी हुँदा निकै समस्यामा परेको स्थानिय हिकम्त थापाले वताएका छन् ।
बयलपटा अस्पतालले कलेजो तथा पेटमा संक्रमण भएको हुन सक्ने थप उपचारका लागि रिफर गरेको थियो । धनगढी लग्ने न आफन्त छन्, न पैसा नै उपचार नपाएर मर्ने भए लालसराले रुदै भनिन्, गाँउका लाई उपचारका सहयोगका लागि भनेको छु उनले वताईन् । ११ बर्षिय छोरा मंगलले भने बुवा मृत्यु भएपछि अलपत्र परेका थियौ, अब आमा पनि बाच्ने आश मर्दै गएको छ, आमाको उपचारका लागि सहयोग गर्ने आग्रह समेत गरेका छन् ।
लालसराको एउटा सानो खरले छाएको घर भन्दा बाहेक सम्पत्तिका नाममा अरु केही छैन् । जग्गा जमिन बिक्रि गरम भने पनि छैन्, अन्य कुनै जिन्सि सामान छैन्, रिन पनि कोही नपत्याउने गरेको लालसराले वताईन् । बिरामी हुँदा उनका २ छोरा छोरी समेत अलपत्र परेका छन् । आमाले काम गरेर हामिलाई पाल्ने गरेकि थिईन् आमा बिरामी भएपछि दैनिक छाक टार्न पनि समस्या भएको छोरी गिता बिकले वताएकि छन् ।
लालसरा बिरामी भएको १ महिना भन्दा बढि समय भइसकेको छ । उपचारका लागि पहल त गरेका छौ, स्थानिय हिकम्त थापाले वताएका छन् । उनको अबस्था हेर्दा निकै जोखिम रहेको छ, काठमाडौ उपचार गर्न लिनुपर्ने अबस्था रहेको छ, उपचारमा जाने गाडिभाडा सम्मको ब्यबस्थापन गर्न नसकेको थापाले वताए । लालसराको उपचारका लागि पहल गरिदिन समेत थापाले आग्रह गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार