बिहिबार, बैशाख १३, २०८१

एकता किन?

  • बुधबार, पुस १५, २०७७
एकता किन?

हिँजो आज फुटको जस्तै एकताको पनि लहर छ।राम्रो कुराहो एकता हुँनै पर्छ।तर केका लागि?देश जोगाउँन,जनतालाई शुबिधा दिन वा सत्तामा पुगेर भत्ता खान ,बिदेशीहरुको दलालि गरेर कमिशन खान?आखिर एकता के का लागि हो?त्यो कुन आचार सहिन्तामा आधारितछ,प्रष्ट हुँनुपर्छ।हिँजोका माओ वादीहरुले एमाले लाई प्रतिकृयावादी शक्तिहो त्यो सँग चुनावी तालमेल सम्म हुँन सक्दैन भन्दै गालि गरेका थिए।पछि गयर उनिहरुको बिचमा पार्टी एकतानै भयो।त्यति बेला हामि मध्यका धेरैले त्यो एकता होईन त्यो सत्ता साझेदारीहो त्यो पछि आलुको बोरी जस्तै हुँनेछ आखिर बालुवाको डल्लो चिसो हुँदा सम्म देखिन्छ बिस्तारै त्यो धुलोमा प्ररिणित हुँन्छ।अहिले त्यहि भयकोछ किनकी त्यो निजि स्वार्थमा आधारीत आलो पालोको सत्ता साझेदारी थियो।
ओली जी ले भन्नु हुँन्छ सरकार अनिर्णयको बन्दि भयो सरकारले बिकाशका काम गर्न सकेन।त्यो कुन बिकाशका मुद्धाहरु थिए अहिले सम्म उँहाले सार्वजनिक गर्न सक्नु भयकोछैन।त्यसकारण बिकाशका मुद्धा होईन बरु बिदेशी मुद्धा हुँन जो पारित हुँन सकेका थिएनन।तर प्रचड पक्ष देश भक्त भयर होईन बरु दुबै गुटलाई कमिसनको बाँड फाडमा समस्या परेकोले त्यो पारित नहुँन सक्छ। नत्र राष्ट्रीयता जनतन्त्र र जनजिविकाको मामिलामा यो सारा देश एक ढिक्काछ।उनि कसरि अनिर्णयको बन्दि बने?त्यो मात्रा ढोक्सला हो झुठ हो जनतामा भ्रमको खेति धेरै दिन टिक्दैन भन्ने कुरा ऐतिहाशिक सत्य हो।
रुसमा ख्रुचेभले गलास्नोत र प्रेस्त्रोहिका लागु गर्दापनि उ देशको बिकाश मा नया फार्मुला भन्थ्यो तर त्यो कम्युनिष्ट आन्दोलनमानै एउटा गद्धारी थियो।मदन भण्डारीले बहुदलिय जनवादलाई नयाँजनवादको सज्ञा दिएर सिङ्गो नेपाली कम्युनिष्ट आन्दोलनलाई पुँजीवादी दिशामा डोराएका थिए।त्यसै ता माओको साँस्कृतिक क्रान्तिलाई त्यसैमा बसेर बद्नाम गर्ने प्रयात्न पनि नभयको होईन।चीनमा माओ जिबित छँदै प्रतिक्रान्तिको खेल भयको स्वायम माओले बताएकाछन।यि समय समयका अवसरबादी राजनीतिक दाउँ पेच हुँन।
हाम्रो देशमा राष्ट्रियता जनतन्त्र र जनजिबिकाको लागि उठेको आन्दोलनपनि प्रतिगमनको संघारमा पुगेर सेलाएको तमाम उद्धारणहरु छन।
देशमा जहिलेपनि एकता हुँन्छ त्यो कुनैन कुनै स्वार्थमा हुँन्छ अनि फुट्छ एकता हुँदा दुईटा पार्टि भयपनि टुक्रिदा कयौँ हाँगा बाङ्गा भएर टुक्रिन्छन।उनिहरुको अवसरबादी राजनीतिका सिकार सोझा देशका जनता र सिङ्गो देशलाई हुँनेगर्छ।ईमानदार कार्याक्रतालाई हुँने गर्छ।
हाम्रो देशमा जहिलेपनि कुनै संकट आई परेको हुँन्छ त्यो बेला बिदेशीको ईसारामा देशको राजनीति वा सरकारमा कुनैन कुनै बबाल गराएर देशलाई खरानि पार्ने कोसिश गर्दछ।अहिले पनि देशमा त्यहि भयकोछ कोरोनाको महामारी भयकै बेला पहिले कालापानीमा अटेक भयो पछि एम सीसी जाल फालियो ताकि देशको स्वाभिमान मा आँच पुगोश र अर्थब्यबस्थामा समेत खैला बैला हौश।हाम्रो देशमा बिदेशिहरुको दलालि गर्ने मानसिकता भयका नेताहरुले यो तमाम समस्यालाई जनमाएका हुँन।
जहिले पनि प्राकृतिक प्रकोप आएको बेला छिमेकि बाट त्यो मौकामा चौका हान्ने प्रयात्न गरिन्छ।राजनीतिक पार्टिहरुले देशको जनतालाई उल्लु बनाउँदै बिकासको नाम मा कहिले क्रान्तिको नाममा कहिले जस्को जोत उस्को पोतको नाउँमा गरिब किसान भूमिहिन मज्दूरहरुको आकंक्षा सँग खेलवाड गर्दै आएकाछन।त्यसैको लागि सत्ताको साझेदारी आलोपालो को राजनीतिक खेल खेल्दै देशको अर्थ ब्यबस्थामा खैलाबैला गर्दै आएकाछन।पटक-पटक ठुला भनौदा राजनितिक पार्टीहरुले जनता र देशलाई नाङ्गेझार पार्न कसरत गर्दै आएकाछन।त्यसैको लागि गरिने एकताको कसरि दृघायु रहन सक्छ?एउटा छोँटो उधारण दिउँ हाम्रो आफ्नै।
हामिले बिदेशमा मज्दुर श्रमजिविहरुको बिचमा एकता गरेर आफु जस्तै मज्दुरहरुको लागि शंघर्ष गरेका छौँ।जुन सुकै ठाउँका नेपाली भयपनि उनिहरुको बिच जुनसुकै समस्या भयपनि हाम्रो शंघर्ष निस्वार्थ रुपमा अगाडि बढेको हुँन्छ।हाम्रो उदेश्य भारत स्थित नेपालीहरुलाई एउटै शूत्रमा बाँधेर प्रबाशीहरुको हक हितको रक्षा गर्ने र देशका जनतालाई देशभक्ति कला मा लेश गर्ने अनि देशलाई जोगाउँने पनि हुँन्छ।त्यस्तो एकता समेतलाई देखेर जल्नेहरुले पनि एकता गर्ने भन्छन।त्यो किन भने एकताको नाउमा मिसियर फुटको खेति गर्ने उनिहरुको मुख्य उदेश्य हुँन्छ।ठिक त्यहि उदेश्यपुर्तिका लागि नेपालका अवसरबादीहरु छिमेकमा हात्थिछाप चप्पल लगाएर आफ्नो दुखःदेखेउँदै गढियलको आँसु खसालेर न आएका होईनन्।गरिब मज्दुरको मन पनि कमलो हुँन्छ छट्टुको नक्किली आँसुलाई छुट्टाउँन सकिदैन त्यसैको फाईदा लिएर उनिहरुले गन्दा राजनीति खेल खेलेका हुँन्छन।
जब देशभित्र राजनिति खैला बैला हुलन्छ नेताहरु बिदेशतिर लाग्छन।कसैले आफ्नतिको उपचारको बहानामा कोई आफ्नो उपचारको बहानामा बिदेशमा बसेका दलालहरु सँग भेटेर बिदेशी शक्तिको चरणछोएर आसिर्वाद लिने उदेश्यले बिदेशतिर झुठ बोलेर पुग्छन।
बिदेशको ईसारामानै पार्टी एकता हुँन्छ बिदेशकै ईसारामा पार्टी फुट्छ।त्यो मात्र बिदेशको दलालि गरेर सरकारमा पुग्ने खेल हो त्यस्तो राजनीतिले यो देश र यो देशका जनताको कहिलैई भलो हुँनेछैन।जनतालाई भ्रम नहौश यिनि कुनै कम्युनिष्ट हुँन भनेर यो सबै जनताको आँखामा छारो हाल्नलाई ओढेको दौशालाहो।पटक पटकको चुनावले देशलाई नाङ्गेझार परेको जगजाहेरछ।महिङ्गीले आकाश छोएकोछ फेरी आर्को चुनाउले देशलाई कहाँ पुराउला?यो सबै हामि जनताको माथि रिणको पगरि गुथाउँन देशलाई सक्किम बनाउँने बिदेशीका दलालहरुको शडयन्त्र हो।अब देशका तमाम देशभक्तको मुख्या उदेश्य संघियता फालेर अखण्ड देश निर्मणागर्ने र तत्काल बिघटित संसदको बहाली गर्नको लागि एकता हुँनु पर्दछ।

चर्चामा

सम्बन्धित समाचार