शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • सुदुर पश्चिमको सुन्दरता विश्व सामु चिनाउने प्रयासमा डाेटीका एक युवा

सुदुर पश्चिमको सुन्दरता विश्व सामु चिनाउने प्रयासमा डाेटीका एक युवा

  • शनिबार, पुस ११, २०७७
सुदुर पश्चिमको सुन्दरता विश्व सामु चिनाउने प्रयासमा डाेटीका एक युवा

बाजुरा — सुदुर पश्चिम डोटी जिल्लाको शिखर नगरपालिका को चुडि गाउँमा जन्मिएका  खेमराज फुलारा सुदुर पश्चिमलाइ बिश्वसामु चिनाउन रातदिन नभनी बृत चित्र बनाउन सुरू गरेका छन । इन्जिनियर फुलाराकोे क्यामेरामा सुदुर पश्चिमभरीका पर्यटकिय क्षेत्रहरू मात्रै कैद हुने गरेका छन ।  डोटी जिल्लाको शिखर नगरपालिका को चुडि गाउँमा जन्मिएका खेमराज फुलारा पेसाले इलोक्ट्रोनिक्स इन्जिनियर हुन ।

बिगत ३ वर्ष देखि उनले फुलारा इन्टरटेन्मेन्ट नेटवर्क नामक युटुब च्यानल मार्फत विभिन्न धार्मिक एवंम पर्यटकिय क्षेत्रहरु का वृतचित्र मार्फत सुदुर पश्चिमको सुन्दरता विश्व सामु चिनाउन प्रयासरत रहेका छन । प्रचार प्रसारको लागि अभावमा अझै पनि सुदुरपश्चिमको धार्मिक एवंम पर्यटकिय क्षेत्रहरु आन्तरिक तथा वाह्य पर्यटकको आखामा अझै पनि परिनसकेको र सुदुरपश्चिम लाई पनि एक नमुना पर्यटकिय क्षेत्र बनाउन सकिन्छ भन्ने उद्वेश्य लिएर आफु प्रयासरत रहेको फुलारा बताउछन ।

हाल मात्रै उनले वडिकेदार डोटी, लिंगा कन्चन्पुर, शिवपुरी धाम धनगढी कैलाली र गोदावरी धाम कैलालीको वृतचित्र बनाएर आफ्नो युट्युव च्यानेल मा राखीसकेका छन  ।

हाल उनी उग्रतारा डडेल्धुरा, शैलेश्वरी सिलगढी, घटाल थाल डडेलधुरा तथा अन्य क्षेत्रहरु को वृतचित्र को सम्पादनमा व्यस्त रहेकाे बताएका छन । साथै निकट भविश्यमै बडीमालिका बाजुरा र रामारोशन अछामको पनि बृत चित्र बनाउने लक्ष्य रहेकाे उनले बताए । सुदरपश्चिमको विभिन्न क्षेत्रहरुको वृतचित्र खिच्दै गरेका फुलारा एक कुसल क्यामेरा म्यान र भिडियो सम्पादक पनि हुन । वृतचित्रहरु बाहेक उनले विभिन्न टेलिसिरियल तथा म्युजिक भिडियोहरुमा समेत क्यामेरा म्यान तथा सम्पादक भएर काम गरि रहेका छन ।

चर्चामा

सम्बन्धित समाचार