शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • कोरोना बिरामीको ब्यबस्थापन गर्ने जिम्मा जिल्ला अस्पताल बाजुराको हो जनस्वास्थ्य अधिकृत : पन्त

कोरोना बिरामीको ब्यबस्थापन गर्ने जिम्मा जिल्ला अस्पताल बाजुराको हो जनस्वास्थ्य अधिकृत : पन्त

  • बिहिबार, पुस ९, २०७७
कोरोना बिरामीको ब्यबस्थापन गर्ने जिम्मा जिल्ला अस्पताल बाजुराको हो जनस्वास्थ्य अधिकृत : पन्त

बाजुरा–बाजुरामा कोरोना बिरामीको उपचार गर्ने ठाँउ नभएको चौतर्फि गुनासो आइरहेको छ । सामान्य लक्षण देखा परेर अस्पतालमा उपचारमा गएपछि कोभिडको बिरामी राख्ने ठाँउ नहँुदा समस्या भएको छ । तर स्वास्थ्य कार्यलय बाजुराका प्रमुख तथा बरिष्ठ जनस्वास्थ्य अधिकृत दायकृष्ण पन्तले भने कोरोनाको बिरामीको ब्यबस्थापन गर्ने जिम्मा जिल्ला अस्पताल बाजुराको रहेको वताएका छन् । जिल्ला दैबिक उद्धार समितिको बैठकमा पन्तले भने कोरोना बिरामीको ब्यबस्थापन अस्पताल हो, अस्पताल नै ब्यबस्थापनमा पन्छिरहेको वताएका छन् ।
पन्तले थपे हामीले केही सामान तथा केही अन्य सहयोग आबश्यक परे गर्ने हो कोभिड बिरामीको उपचारको ब्यबस्थापन जिल्ला अस्पताल बाजुराको रहेको वताए । जिल्ला अस्पताल बाजुरालाई कोरोना उपचार अस्पतालका रुपमा सरकाले निर्णय गरेको छ । तर अस्पतालमा कोभिडको बिरामी राख्ने ठाँउ नभएको अस्पताल बाजुरा प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले बताउदै आएका छन् । हाम्रो नयाँ भवन निर्माण गरिरहेका छौ, भवन अभाबले जिल्ला अस्पताल बाजुराले जिल्ला समन्वय समितिको समिक्षालय र भवनमा आइसोलेसन बनाएको थियो । त्यहि ठाँउमा कोरोनको उपचार गरिरहेका थिए । जिल्ला समन्वय समितिले कर्मचारी बस्ने ठाँउ नभएको भन्दै कोरोना बिरामीको उपचार गर्ने स्वास्थ्यकर्मी बस्ने भवनमा कर्मचारी बस्ने क्वाटर बनाएका छन् ।
जिल्ला अस्पतालले कोरोना बिरामी उपचारका रुपमा बनाएको ठाँउमा जिल्ला समन्वय समितिका कर्मचारीले क्वाटर बनाएपछि कोभिडका उपचार गर्ने ठाँउ नभएको अस्पताल बाजुराले जनाएको छ । कुनै कोभिडको सिकिस्त बिरामी भएपछि बाजुरामा कतै राख्ने ठाँउ नभएको डा. बिश्वकर्माले वताएका छन् । आफुले सबै ठाँउमा पहिला बनाएको ठाँउमा समन्वयले अस्विकार गरेपछि कोरोनाको उपचार ब्यबस्थापन गर्न नसकिने भनेर पत्रचार गरिसकेको वताएका छन् । जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र कुमार रोकायाले भने कोभिडका बिरामीको ब्यबस्थापन गर्ने अस्पतालको हो, हाम्रो भवनमा कर्मचारी बस्नुपर्ने भएकाले कर्मचारी राखेको वताए । हामीले केही समयका लागि दिएका हौ, अस्पताल तथा कोभिड संकट ब्यबस्थापन समितिले ब्यबस्थापन गर्नुपर्ने हो, हामीलाइ आबश्यक भयो प्रयोग गरेको रोकायले वताए । अस्पतालका नयाँ भवन केही निर्माण भइसकेको त्यसैमा बनाए पनि हुने रोकायाले थपे ।
प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रले भने जिल्ला समन्वय समितिलाई आइसोलेसन अहिले त्यहि ठाँउमा सञ्चालनका लागि भनेपनि नमानेका कारणले बाजुरामा कोभिडको बिरामी राख्ने ठाँउ नभएको वताए । कर्मचारीको क्वाटर त अन्य ठाँउ पनि बनाउन सकिन्थ्यो, यो संकटका बेला आइसोलेन तथा कोभिड उपचारका लागि बनाएको ठाँउमा मानवतका हिसाबले कर्मचारी बस्न नहुने हो, तर धेरै प्रयास गरयौ जिल्ला समन्वय समितिले नमानेको बताए ।
बडिमालिका नगरपालिकाले अस्पताल नजिकै आइसोलेसनका लागि भाडामा लिएको घर पनि आइसोलेसन तथा उपचारमा उपभोग्य गर्ने उपयुक्त नभएको भन्दै पौष बाट नलिने वताएको छ । जिल्ला अस्पताल बाजुरामा उपचार गर्न आउने कोभिडको बिरामी राख्ने ठाँउ र उपचार गर्ने ब्यबस्थापन नहुँदा समस्या भएको छ । हिजो त एकजनाले आइसोलसेनमा बसेर उपचार गर्ने खोजेको थियो, उसको ब्यबस्थापन गर्न सकेन् । अलि सिकिस्त र धेरै कोभिडको बिरामी कता राख्ने चिन्ताको बिषय बनेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार