आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • देश
  • सुकुम्बासीले पाउने जग्गामा घुस: दाङका मालपोत प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा

सुकुम्बासीले पाउने जग्गामा घुस: दाङका मालपोत प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा

  • बिहिबार, पुस २, २०७७
सुकुम्बासीले पाउने जग्गामा घुस: दाङका मालपोत प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा

काठमाडौँ: मालपोत कार्यालय, तुलसीपुर दाङका कार्यालय प्रमुख मालपोत अधिकृत नरेश कुमार खड्कासहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख मालपोत अधिकृत खड्का, मुद्दा फाँटका नासु केशवराज अधिकारी, मोठफाँटका नासु पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

उनीहरुमाथि सुकुम्बासीको हैसियतले प्राप्त गरेको जग्गाको श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउने काम अगाडि बढेकोमा अन्त्यमा गरिने स्थलगत सर्जमिन गर्ने काम अड्काई घुस लिएको आरोप छ ।

सेवाग्राहीको नियमानुसार निशुल्क गर्नुपर्ने कामको लागि दुख हैरानी दिई झुलाई तीन लाख २० हजार घुस लिएको पुष्टि भएको अख्तियारको आरोप पत्रमा उल्लेख छ। उनीहरुविरुद्ध घुस लिएको रकम विगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता एवं सहसचिव तारानाथ अधिकारीले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार