बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • राजनीति
  • सरकार विरुद्ध बाजुरामा काँग्रेसको विरोध पर्दशन

सरकार विरुद्ध बाजुरामा काँग्रेसको विरोध पर्दशन

  • सोमवार, मंसिर २९, २०७७
सरकार विरुद्ध बाजुरामा काँग्रेसको विरोध पर्दशन

नेकपाकाे सरकार बिरुद्ध नेपाली  काँग्रेस बाजुराले  बिरोध गरेको छ । नेपाली काँग्रेसले देशैभरी सरकारको विरोध गर्ने कार्यक्रम अनुसार नेपाली काँग्रेस बाजुराले पनि सरकार विरुद्धको पर्दशन गरेको नेपाली काँग्रेस बाजुराले जनाएको छ ।
सत्तामा हुँदा पनि देशको विकासको साँटो विवाद, भ्रष्टाचार, घुसखोरी र विभिन्न किसीमका काण्डहरुमा सरकार लागेको सडकबाट दबाव दिनको लागि नेपाली काँग्रेसले देशैभर सडक आन्दोलन गर्ने कार्यक्रम तय गरेको हो ।

No description available.
आन्दोलन कार्यक्रममा नेपाली काँग्रेस बाजुराका सभापती कविराज पण्डित, पुर्व भुमिसुधार सहायक मनत्री जनकराज गिरी लगायत नेपाली काँगेस जिल्ला कार्य समिति बाजुराका सम्पुर्ण पदाधिकारी, महिला संघ, तरुण दल, नेविसंघ, दलित संघ, शिक्षक संघ लगायत सम्पुर्ण भातृ तथ भगेनी संगठनहरु र नेपाली काँग्रेसमा आस्थावानु सम्पुणृको सहभागिता रहेको छ ।

No description available.
कार्यक्रम विरोघ र्याली मार्तडी बाजरामा बिराेध र्याली पछि  लोकतान्त्रिक चोकमा कोणसभा गिरएकाे छ । काेण सभामा नेपाली काँग्रेश बाजुराका भतृ स‌गठन तथा  जिल्ला तहका नेताहरुले नेकपाकाे यहिलेकाे सरकारले गरेकाे काम बारे बिराेध गरेका थिए ।

नेपाकाे सरकार जनताकाे पक्षामा भन्दा पनि भष्टचारीकाे स‌रक्षाण र भ्रष्टचारीहरु पाली रहेकाे  बिराेध सभाका बक्ताहरुले बताए छन् । नेपाली काँग्रेश पहिले देखी नै पन्चायत राणा देखी राजा पाल्नमा मुख्या नेतृत्व दायी भूमिका खेलेकाे  पार्टी भएकाे बताए ।  अहिलेकाे नेकपाकाे सरकार पनि काँग्रेशले नै पाल्न सक्ने बताए ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुव्र्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन सुरु गरेको नेपाली काँग्रेश बाजुराले जानकारी दिएकाे छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार