शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • खेलकुद
  • प्रिमियर लिगः चेल्सीको १७ खेलको अपराजित यात्रा रोकियो, निरश बन्यो म्यान्चेस्टर डर्बी

प्रिमियर लिगः चेल्सीको १७ खेलको अपराजित यात्रा रोकियो, निरश बन्यो म्यान्चेस्टर डर्बी

  • आइतवार, मंसिर २८, २०७७
प्रिमियर लिगः चेल्सीको १७ खेलको अपराजित यात्रा रोकियो, निरश बन्यो म्यान्चेस्टर डर्बी

एभर्टनले चेल्सीको १७ खेलको अपराजित यात्रामा पूर्णविराम लगाएको छ । शनिबार भएको खेलमा एभर्टन १–० गोलअन्तरले विजयी बनेको हो ।

खेलमा जिल्फी सिगर्डसनले २२ औँ मिनेटमा पेनाल्टीबाट गरेको गोल निर्णायक बन्यो । एडोवार्ड मेन्डीले डोमिनिक काल्भर्ट लेविनलाई फल हानेपछि एभर्टनले पेनाल्टी पाएको थियो ।

त्यसपछि खेलमा फर्कन निकै प्रयास गरे पनि चेल्सीले सकेन । जोर्डन पिकफोर्डले चेल्सीको तीनवटा उत्कृष्ट प्रयासलाई विफल बनाए भने मेसन माउन्टको प्रहार पोष्टमा लागेको थियो । उता, एर्भटनका लागि पनि रिचार्लिसनको दुईवटा प्रहार विफल बनेको थियो भने येरी मिनाले दुईवटा अवसर खेर फालेका थिए ।

खेलपछि एभर्टनका म्यानेजर कार्लो एन्चेलोटीले स्टेडियमा अनुमति पाएका २ हजार समर्थकले खेलमा ठूलो प्रभाव पारेको बताए । जीतसँगै एभर्टन लिगको सातौँ स्थानमा उक्लिएको छ ।

उता, म्यान्चेस्टर युनाइटेड र म्यान्चेस्टर सिटीबीचको डर्बी खेलमा निरश गोलरहित बराबरीमा सकिएको छ । युनाइटेड सबै प्रतियोगितामा सिटीविरुद्ध पछिल्ला तीन खेलमा अपराजित रहेको छ । त्यस्तै, चिर प्रतिद्वन्द्वीविरुद्ध युनाइटेडले लगातार तीनवटा क्लिन सिट पनि राख्न सफल भएको छ ।

दुई टोलीबीच प्रिमियर लिगमा भएका ४७ औँ खेलमा यो मात्र पाँचौ गोलरहित बराबरी हो ।

अन्य खेलमा न्युक्यासलले वेस्टब्रोमलाई २–१ ले पराजित गर्यो भने एस्टन भिल्लाले वुल्भसलाई १–० ले हरायो ।

चर्चामा

सम्बन्धित समाचार