शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • नेकपा जिल्ला कमिटि सदस्य शाहीको भोली गोदावरीमा दाहसंस्कार हुने

नेकपा जिल्ला कमिटि सदस्य शाहीको भोली गोदावरीमा दाहसंस्कार हुने

  • शनिबार, मंसिर २०, २०७७
नेकपा जिल्ला कमिटि सदस्य शाहीको भोली गोदावरीमा दाहसंस्कार हुने

बाजुरा — नेपाल कम्युनिष्ट पार्टी नेकपा बाजुरा जिल्ला कमिटि सदस्य पबित्रा शाहीको आइतबार कैलालीको गोदावरीमा दाहासंस्कार गरिने भएको छ । बिहिबार दिउँसो खप्तड छेडेदह गाउपालिका २ माटेसागुको घरमा एक्कासी बेहोस भएपछि उपचारको लागि लग्दै गर्दा बिच बाटोमै मृत्यू भएको थियो । इटालीमा रहेका शाहीका छोरा आउन समय लाग्ने भएपछि धनगढी स्थित घरमा राखिएकी शाहीको छोरा पुगेपछि भोली दाहसंस्कार गरिने पारिवारीक स्रोतले जनाकारी दिएको छ । अष्टे्रलियामा रहेकी छोरी भने नआउने परिवारीक स्रोतले जानकारी दिएको छ ।
बिगत लामो समय देखि मासिका हुदै सिअनमीको सरकारी जागिर गर्दै आएकी शाही सरमनरी जागिरबाट राजिनामा दिएर २०७४ सालको स्थानिय निर्बाचनमा खप्तड छेडेदह गाउपालिकाको नेपाल कम्युनिष्ट पार्टीबाट उपाध्यक्षमा लगेकी थिईन ।
मिजासीलो सोभाब, अनि सहयोगी भाब भएकी शाही एक्कासी बेहोस भएपछि हृदय घात भएको हुनसक्ने बताईएको छ ।  शाहीका एक छोरा एक छोरी छन् । छोरा पैदेशीक रोजगारी तथा अध्यानको सिलसिलामा इटाली छन भने छोरी अष्टे्रलियामा रहेका छन् ।
शाहीको मृत्यू पछि नेपाल कम्युनिष्ट पार्टी नेकपा बाजुराले एक योद्या गुमाएको छ । मृत्यूले पार्टीमा ठुलो धक्का पुगेको छ, सिंगो पार्टी सोकमा डुबेको छ ।

चर्चामा

सम्बन्धित समाचार