शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश ७
  • कैलालीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

कैलालीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

  • शनिबार, मंसिर २०, २०७७
कैलालीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

कैलालीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कञ्चनपुर कृष्णपुर नगरपालिका-२ का ५८ वर्षीय पुरुषको उपचारको क्रममा शनिबार मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए ।

मंसिर १४ गते गम्भीर प्रकारको निमोनिया लिएर धनगढीकै एक निजी अस्पतालमा उपचारका लागि गएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि १५ गते सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा रेफर गरिएको थियो ।

भेन्टिलेटरमा राखेर उपचार गराइरहेका व्यक्तिको शनिवार दिउँसो मृत्यु भएको श्रेष्ठले जानकारी दिए । योसँगै सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २१ पुगेको छ ।
‘अहिले २ जना कोरोना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने थप २ जना आइसियुमा छन्,’ उनले भने, ‘५ जनाको अक्सिजन सपोर्टमा उपचार भइरहेको छ । ’

चर्चामा

सम्बन्धित समाचार