शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • नेपालमा थप ९ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा थप ९ जना कोरोना संक्रमितको मृत्यु

  • बुधबार, मंसिर १७, २०७७
नेपालमा थप ९ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। य

एकै दिन १ हजार ४ सय ९० जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ५६७ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ।

आज देशभर १६ हजार ५ सय ४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ८ हजार ३ सय जनाको पिसिआर परीक्षण भएको छ।

चर्चामा

सम्बन्धित समाचार