शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगाका ६ जना नयाँ र १ जनाको दोस्रो कोरोना रिर्पोट पोजेटिभ

बुढीगंगाका ६ जना नयाँ र १ जनाको दोस्रो कोरोना रिर्पोट पोजेटिभ

  • मङ्लबार, मंसिर १६, २०७७
बुढीगंगाका ६ जना नयाँ र १ जनाको दोस्रो कोरोना रिर्पोट पोजेटिभ

बाजुरा बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका ६ जना नयाँ र १ जनाको दोस्रो कोरोना रिर्पोट पोजेटिभ आएको छ । आईतबार बुढीगंगा नगरपालिकाका ४७ जनाको स्वाब संकलन गरेर अछामको कमलबजार प्रयोगशालामा जाँचका लागि पठाएको थियो । उक्त ४७ जना मध्ये ३८ जनाको रिर्पोट निगेटिभ आएको बताईएको छ । जस मध्ये ६ जना नयाँ र १ जनाको दोस्रो पटकको रिर्पोट पोजेटिभ आएको बुढीगंगा नगरपालिका स्वास्थ्य सह संयोजक हस्तबहादुर खडायतले जानकारी दिएका छन् । कोरोना पोटेटिभ देखीएका सबै पुरुष रहेका छन् ।
उनले दिएको जानकारी अनुसार ५ जना कर्मचारी १ जना मौरे प्रहरी चौकीका सहायक प्रहरी निरिक्षक र एक जना वडा नं ५ का युवकलाई पोजेटिभ देखिएको बताए ।
स्वाब संकलन गरि पठाइएका ९ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको कडाएतले बताएका छन । पोजेटिभ देखीएका मध्ये तीन जनालाई सामान्य रुघा ज्वरोको लक्षण देखिएको छ भने तीन जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए ।
बुढीगंगा नगरपालिकामा कार्तिक देखि यता १३ जना कोरोना संक्रमित भएका छन् छ । पोजेटिभ देखिएका मध्य ६ जनामध्य टाँटे स्वास्थ्य चौकीको आईसोलेसनमा र ५ जना होम आईसोलेसनमा बसेका छन भने दुई जना कोरोना जितेर घर र्फकेका उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार