शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • कञ्चनपुरमा नक्कली नोटसहित एक जना पक्राउ

कञ्चनपुरमा नक्कली नोटसहित एक जना पक्राउ

  • आइतवार, मंसिर १४, २०७७
कञ्चनपुरमा नक्कली नोटसहित एक जना पक्राउ

कञ्चनपुर प्रहरीले नक्कली नोट सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का २४ वर्षीय दिपक नाथ रहेका छन् ।

नाथलाई हजार दरका ३ वटा नक्कली नोट सहित प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। दिपकले भिमदत्त नगरपालिका ४ स्थित एक पसलबाट सामान किनी पैसा दिने क्रममा नक्कली नोट दिएको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। पक्राउ परेका नाथमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार