बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • कर्मचारी युनियन बहुउद्देश्यीय सहकारी संस्ठाकाे साधारणसभा सम्पन्न

कर्मचारी युनियन बहुउद्देश्यीय सहकारी संस्ठाकाे साधारणसभा सम्पन्न

  • शनिबार, मंसिर १३, २०७७
कर्मचारी युनियन बहुउद्देश्यीय सहकारी संस्ठाकाे साधारणसभा सम्पन्न

बाजुरा–कर्मचारी युनियन बहुउद्देश्यीय सहकारी संस्थाको छैठो साधारसभा सम्पन्न भएको छ । “राष्ट्र सेवा, निष्पक्षता, तटस्थता, कर्मचारीको एकता र सहकारीता” भन्ने नाराका साथ सदरमुकाम मार्तडीमा सम्पन्न भएको सहकारीका अध्यक्ष मनिराम खत्रिले वताएका छन् ।
सहकारीको साधारणसभा नेपालि काँग्रेस बाजुराका सभापति कबिराज पण्डितले उद्धघाटन गरेका थिए । २०७० सालमा स्थापना भएको सहकारीमा ५५ लाख ५७ हजार रकम पुगेको छ । सहकारीमा १ सय ५५ जना सेयर सदस्य रहेका छन् ।
उद्धघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालि काँग्रेस पाटि सभापति पण्डितले भने समाज विकासमा सहकारीको आबश्यकता रहेको छ, साथै सहकारीलाई ब्यबस्थित गरेर अगाडि बढाउन आग्रह गरेका छन् । सहकारीले बचत सँगै संगठित गर्नेमा सहयोग गरेको छ, यसले समाजको अर्थतन्त्रमा ठुलो सहयोग पुग्ने रहेको वताए । जिल्लामा केही सहकारी ब्यबस्थित नभएको नचलेको पाईएको छ, तर यो सहकारी जिल्लाकै नमुना सहकारिका रुपमा सञ्चालन गर्न आग्रह समेत गरेका छन् ।
उद्धघाटन कार्यक्रममा बिशिष्ट संबिधान सभा सदस्य देबराज जोशिले सहकारीको उद्देश्य सँगै अगाडि बढन आग्रह गरेका छन् । समस्या पर्दा पनि सहकारीको रकमले धेरै सहयोग हुने वताए । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया, बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्ट, बडिमालिका ८ का अध्यक्ष प्रकाश रावल, पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंह, नेपाल कर्मचारी युनियनका अध्यक्ष तिल थापा, स्थानिय हक अधिकार मञ्चका अध्यक्ष बिर बहादुर बिष्टले शुभकामना मन्तब्य राखेका थिए ।
सहकारीका अध्यक्ष मनिराम खत्रिको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य सहकारीकी उपाअध्यक्ष बिन्दु बडालले राखेकि थिईन् । सभाको सञ्चालन सचिब गौरि कान्त सञ्जाल गरेका थिए । सहकारीको आर्थिक कारोवार र सांगठनिक प्रतिबेदन अध्यक्ष मैनिराम खत्रीले प्रस्तुत गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार