शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • नरेश र मेक्समको मंसिरलाई पञ्चेबाजा

नरेश र मेक्समको मंसिरलाई पञ्चेबाजा

  • शनिबार, मंसिर १३, २०७७
नरेश र मेक्समको मंसिरलाई पञ्चेबाजा

संगीतकार नरेश खाती र गायक मेक्सम खातीले नयाँ पञ्चेबाजा गीत दर्शकमाझ ल्याएका छन् । मंसिरमा विवाहको लगन चलिरहेको बेला सो विवाहसमेतलाई लक्षित गरेर यी दाजुभाइले पञ्चबाजा गीत स्रोतामाझ ल्याएका हुन् ।

दुलाहा राज मायालु…बोलको यो गीतलाई उनीहरूले मेक्सम नरेश अफिसियल युट्युब च्यानलबाट रिलिज गरेका हुन् । जसमा स्वरमा  क्समलाई गायिका जुनाश्रीले साथ दिएकी छन् । यो गीतलाई नरेश खाती र रामेश भट्टले लेखेका हुन् । आशिष अविरलाको संगीत संयोजना यसमा रहेको छ ।
पञ्चेबाजा गीत भएका कारण पनि यो गीतको भिडियोमा विवाह कार्यलाई प्रस्तुत गरिएको छ । भिडियोको निर्देशन शंकर बिसीले गरेका हुन् । भिडियोमा शंकर बिसीसँगै रिना थापा मुख्य भूमिकामा छन् । दुर्गा पौडेलले छायांकन गरेको यो भिडियोको सम्पादन नवीन घर्तीमगरले गरेका हुन् । भिडियो राम्रो बनाउन शंकरले मिहिनेत गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार