मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • प्रवास
  • भारतको कश्मीरमा नेपाली मारिए

भारतको कश्मीरमा नेपाली मारिए

  • शनिबार, मंसिर १३, २०७७
भारतको कश्मीरमा नेपाली मारिए

भारतको कश्मीरमा नेपाली मारिएका छन । शुक्रबार जम्मु–कश्मीरमा भएको गोली हानाहानमा भारतीय सेनामा कार्यरत दाङको तुलसीपुरका एक युवक मारिएका हुन । सेनाका नायक प्रेमबहादुर खत्री र राइफलम्यान सुखवीर सिंहको मृत्यु भएको हो । पाकिस्तानतर्फबाट चलेको गोली लागेर गम्भीर घाइते दुवैको मृत्यु भएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।

भारतको सीमा सुरक्षामा खटिँदा मारिएका ३० वर्षीय खत्री तुलसीपुर–९ बेलुवाका हुन । कश्मीरबाट शनिबार बिहान लखनउ आइपुग्ने छोराको शव लिन पिता लालबहादुर शुक्रबारै त्यसर्फ गएको छन । घरमा आमाबुबा, श्रीमती, ७ वर्षीय छोरी र ५ वर्षीय छोरा छन ।

चर्चामा

सम्बन्धित समाचार