शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • कैलालीका डिएसपी चौधरीमाथि छानविन गर्न एसपीको संयोजकत्वमा समिति गठन

कैलालीका डिएसपी चौधरीमाथि छानविन गर्न एसपीको संयोजकत्वमा समिति गठन

  • बिहिबार, मंसिर ११, २०७७
कैलालीका डिएसपी चौधरीमाथि छानविन गर्न एसपीको संयोजकत्वमा समिति गठन

मंगलबार राति ८ घण्टासम्म सम्पर्कविहीन भएका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक भरतबहादुर चौधरीमाथि छानविन गर्न समिति गठन गरिएको छ।

जिल्लालाई जानकारी नै नदिएर सम्पर्कविहीन भएका चौधरीमाथि छानविन गर्न सुदूरपश्चिम प्रदेश दंगा नियन्त्रण गण कञ्चनपुरका प्रहरी उपरीक्षक दिलिप देउवाको संयोजकत्वमा छानविन समिति गठन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिहले एसपीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको जानकारी दिए।

सिहले समितिलाई छानविन सकेर ५ दिनभित्र रायसहितको प्रतिवेदन बुझाउँने समय दिइएको बताए। प्रहरी नायब उपरीक्षक चौधरी मंगलबार राति ९ बजेदेखि सम्पर्कविहीन भएका थिए। उनी सम्पर्कविहीन भएपछि रातिदेखि नै कैलाली प्रहरीले खोजी थालेको थियो।

तर चौधरी बुधबार बिहान गोदावरी नगरपालिकाकै बुढीतोलामा सकुशल भेटिएका थिए। उनले आफू सूचना संकलनका लागि त्यहाँ पुगेको बताउँदै नेटवर्कको समस्याले सम्पर्कविहीन हुन पुगेको दाबी गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार