मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाज
  • बझाङमा भीरबाट लडेर युवतीको ज्यान गयो

बझाङमा भीरबाट लडेर युवतीको ज्यान गयो

  • आइतवार, मंसिर ७, २०७७
बझाङमा भीरबाट लडेर युवतीको ज्यान गयो

बझाङ: बझाङमा भीरबाट लडेर एक युवतीको ज्यान गएको छ । ज्यान जानेमा बुंगल नगरपालिका ६ जुजुनैका २० वर्षीया करिस्मा सिंह रहेका छन् । उनको आइतबार दिउँसो गोठालो गएको बेला भीरबाट करिब १५ मिटर तल खसेर ज्यान गएको प्रहरीले जनाएको छ ।

उनी छारे रोगबाट समेत ग्रस्त रहेको जनाइएको छ । यसअघि मंसिर ३ गते थलारामा १२ वर्षीया बालिका र दुर्गाथलीमा २७ वर्षीया महिलाको भीरबाट लडेर ज्यान गएको थियो ।

यो घटनासँगै बझाङमा गत साउन यता भीरबाट लडेर ज्यान गुमाउनेको संख्या १० जना पुगेको बझाङ प्रहरीको तथ्यांकमा उल्लेख छ । कतिपय प्रहरीको सम्पर्कमा नआउने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार