शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रवास
  • हङकङ आगलागी : मृत्यु हुने नेपालीको संख्या ११ पुग्यो

हङकङ आगलागी : मृत्यु हुने नेपालीको संख्या ११ पुग्यो

  • मङ्लबार, मंसिर २, २०७७
हङकङ आगलागी : मृत्यु हुने नेपालीको संख्या ११ पुग्यो

हङकङको कार्मालोन क्षेत्रमा पर्ने जोर्डन भन्ने ठाउँमा नेपालीद्वारा सञ्चालित रेस्टुरेन्टमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । मृत्यु हुनेमध्ये सबै नेपाली रहेका छन् । मृत्यु हुनेहरुमा तीन नेपाली परिवारका सदस्य भएको बताइएको छ ।

आगलागीमा परी मृत्यु हुनेमा ३८ वर्षीय युवराज कँडेल, १३ वर्षीया कृतिका कँडेल, ३५ वर्षीय राजबाबु नेपाल, ९ वर्षीय रियान नेपाल र ३९ वर्षीय शेरबहादुर गुरुङ छन् । यसैगरी, ३२ वर्षीया अनिता निरौला र ४० वर्षीया विनिता तामाङको पनि मृत्यु भएको छ । अरु मृतकको सनाखत हुन बाँकी रहेको छ ।

अस्पताल भर्ना गरिएका थप ३ जना पुरुष र ४ जना महिलाको अवस्था गम्भीर रहेको छ । जिरे खुर्सानी नामक सो रेष्टुरेन्टमा आइतबार राति आगलागी भएको थियो । तिहारको दिपावलीका साथै जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगो लगाेको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार