मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • राजनीति
  • पार्टीको विवाद मिलाउन प्रधानमन्त्री ओलीको नेता नेपालसँग छलफल

पार्टीको विवाद मिलाउन प्रधानमन्त्री ओलीको नेता नेपालसँग छलफल

  • आइतवार, कार्तिक ३०, २०७७
पार्टीको विवाद मिलाउन प्रधानमन्त्री ओलीको नेता नेपालसँग छलफल

काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विवाद समाधानका लागि वरिष्ठ नेता माधव नेपालसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले आइतबार नेता नेपालसँग भेट गरे । उनले यसअघि उपाध्यक्ष वामदेव गौतमसँग भेट गरी विवाद समाधानबारे छलफल गरेका थिए ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार पेश गरेको प्रस्तावले गर्दा नेकपामा थप विवाद सिर्जना गरिदिएको छ । उक्त प्रस्तावमा वरिष्ठ नेता नेपाल सहित वामदेव गौतम, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठको समेत सहमति भएपछि प्रधानमन्त्री ओलीमाथि थप दबाब बढेको छ ।

नेपालसँग आइतबारको भेटमा नेता विष्णु पौडेल पनि सहभागी रहेको ओली निकट स्रोतले जनाएको छ । उक्ट्ट छलफल दाहालको राजनीतिक प्रस्ताव फिर्ता लिने उपायबारे केन्द्रित रहेको बुझिएको छ ।

ओलीले विवाद समाधान गर्न नेता नेपाललाई आग्रह गरेको समेत नेकपा स्रोतले बताएको छ । गत शुक्रबार दाहालले पेश गरेको प्रतिवेदनमा प्रधानमन्त्रीले सरकार र पार्टीलाई सही दिशा दिन नसकेको बताइएको छ । पछिल्लो केही सातादेखि नेकपाका दुई अध्यक्षबीच आरोप प्रत्यारोप बढ्न थालेको छ ।

चर्चामा

सम्बन्धित समाचार