बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • कञ्चनपुरका कोरोना संक्रमित युवकको मृत्यु

कञ्चनपुरका कोरोना संक्रमित युवकको मृत्यु

  • आइतवार, कार्तिक ३०, २०७७
कञ्चनपुरका कोरोना संक्रमित युवकको मृत्यु

धनगढी:  कञ्चनपुरका थप एक कोरोना संक्रमितको मृत्यु भएको  छ । जिल्लाको बेलौरी नगरपालिका–१ का ३२ वर्षीय युवकको आइतबार बिहान कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि कार्तिक २३ मा मेडिकल कलेज भर्ना भएका ती युवकको २५ गते स्वाव संकलन गरिएको थियो । कार्तिक २६ मा उनलाई कोरोना संक्रमण देखिएको प्रशासनले जनाएको छ ।

श्वासप्रश्वास लगायतका समस्याका कारण उनको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । यो सँगै प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या ४६ पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार