शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश ७
  • कोरोनाबाट कैलाली काङ्ग्रेसका नेता न्यौपानेको निधन

कोरोनाबाट कैलाली काङ्ग्रेसका नेता न्यौपानेको निधन

  • आइतवार, कार्तिक ३०, २०७७
कोरोनाबाट कैलाली काङ्ग्रेसका नेता न्यौपानेको निधन

धनगढी : कोरोना भाइरस सङ्क्रमणबाट नेपाली कांग्रेस कैलालीका नेता तथा महासमिति सदस्य लक्ष्य बहादुर न्यौपाने (लक्ष्मण)को निधन भएको छ ।

कैलालीको भजनी नगरपालिका–८ गोलचउराका ६५ वर्षीय नेता न्यौपानेको नेपालगन्जको भेरी प्रादेशिक अस्पतालमा उपचारका क्रममा हिजो राती करिव ९ बजेतिर निधन भएको बताईएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको पिसिआर परीक्षणमा गत कार्तिक २१ गते उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

उनी होम आइसोलेसनमा बसेका थिए । बिहीबार धनगढीको कोरोना अस्पताल ल्याइएका उनलाई थप उपचारका लागी नेपालगन्ज लगिएको थियो । उनको शव अस्पतालमै राखिएको र पुर्ख्यौली घर दाङमा दाहसंस्कार गर्ने तयारी भइरहेको आफन्तले बताएका छन् । #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार