शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • उज्यालो अभियानमा दुई युवा अभिशेक र हिमाल

उज्यालो अभियानमा दुई युवा अभिशेक र हिमाल

  • बिहिबार, कार्तिक २७, २०७७
उज्यालो अभियानमा दुई युवा अभिशेक र हिमाल

बाह्रबिस– बुढिगंगा नगरपालिका २ जना युवा उज्यालो अभियानमा लागेका छन् । बुढिगंगा नगरपालिका १० का अभिशेक नाथ (लोक) र वडा नम्बर ९ का हिमाल सुनार आर्थिक अभाबमा घरमा बिजुली जोडन नसकेका परिवारमा बिजुलीको ब्यबस्थापन गर्ने गरेका छन् ।
आर्थिक अबस्था कमजोर रहेका परिवारमा बत्ति जलाउने अभियानमा अभियान शुरु गरे अनुसार २ परिवारमा बत्ति जोडिदिएका छन् । बुढिगंगा नगरपालिका वडा नम्बर ९ कि बृद्ध तुलक्षा देबि शाह र सोहि नगरपालिका वडा नम्बर १० बस्ने बृद्ध तुलक्षी देबि नाथको घरमा बिजुली जोडिदिइको अभिशेक नाथले वताएका छन् ।

Image may contain: indoor
गाँउमा बिजुली जलेको २ बर्ष जति भएको भएपनि यि आमाले भने आर्थिक अभाबमा बिजुली बाल्न सकेका थिइनन् । घरमा लाग्ने सबै सामान खरिद गरेर घरमा बिजुली जोडिदिएको हिमाल सुनारले वताएका छन् । खुशी हुदै तुलक्षा गिरीले भनिन्, पहिलो पटक बत्ति बाल्न पाएको वताईन्, र सहयोग गर्नेलाइ धन्यवाद दिएकि छन् ।

Image may contain: one or more people, people sitting and indoor
अहिले दुईजनाको घरमा बिजुली जोडिदिएका छौ, नगरपालिका भरिमा यो अभियान चलाउने ति युवाले वताएका छन् । यो अभियानमा सहयोग गर्न आग्रह समेत गरेका छन् । आर्थिक अभाबमा बत्ति बाल्न बञ्चित भएका परिवारमा उज्यालो अभियान निरन्तर रहेने अभिशेक नाथले वताएका छन् । यी दुई युवा पछिल्लो समयमा सामाजिक सेवामा लागि रहेका छन् । केही दिन पहिला स्वाबको बोकेर अभिषेक र लोक अछामको कमलबजार पुगेका थिए । त्यो सँगै आर्थिक अबस्था कमजोर रहेका परीवारलाई खाद्यन्न समेत सहयोग गर्दै आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार