बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • प्रदेश ७
  • कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा महिलाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा महिलाको मृत्यु

  • बिहिबार, कार्तिक २७, २०७७
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा महिलाको मृत्यु

धनगढी : कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ गोराङ्गेमा गएराति ८ बजेतिर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको से ४ प ९२५६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टका अनुसार पहिचान नखुलेकी अन्दाजी ३५ वर्षीया ती महिलाको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल र चालक ३६ वर्षीय प्रेम साउदलाई नियन्त्रणमा लिईएको प्रहरी प्रवक्ता बिष्टले जानकारी दिए । महिलाको शव भने टीकापुर अस्पतालमै रहेको उनले जनाए ।

चर्चामा

सम्बन्धित समाचार