शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • फुटबल
  • कोरोनापीडित किएभमाथि बार्सिलोनाको संघर्षपूर्ण जीत

कोरोनापीडित किएभमाथि बार्सिलोनाको संघर्षपूर्ण जीत

  • बिहिबार, कार्तिक २०, २०७७
कोरोनापीडित किएभमाथि बार्सिलोनाको संघर्षपूर्ण जीत

बार्सिलोनाले कोरोनाभाइरसले पीडित बनेको डाइनामो किएभको टोलीमाथि संघर्षपूर्ण जीत हासिल गर्दै च्याम्पियन्स लिगमा शत प्रतिशत नतिजा कायम राखेको छ । किएभलाई २–१ ले पराजित गर्दै बार्सिलोना समूह जीको शीर्ष स्थानमा कायम रहेको छ ।

खेलको शुरुवातमा नै लियोनेल मेस्सीले पेनाल्टीबाट बार्सिलोनालाई अग्रता दिलाए । यो सिजन मेस्सीले तीन खेलमा पेनाल्टीबाट तीन गोल गरेका छन् । ‘ओपन प्ले’ बाट भने उनले अझै गोल गर्न सकेका छैनन् । दोस्रो हाफमा जेरार्ड पिकेले बार्साको अग्रता दोब्बर बनाए । खेलको ७५ औँ मिनेटमा नै किएभले सान्तवना गोल फर्कायो ।

६ जना खेलाडीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि किएभका १३ जना सिनियर टोलीमात्र स्पेन आइपुगेका थिए । टोलीमा ६ जना युवा टोलीलाई समावेश गरिएको थियो ।

उता, समूह कै अर्को खेलमा अल्भारो मोराटाको दुई गोलको मद्दतले सिरिए ए च्याम्पियन युभेन्टसले हंगेरिन टोली फेरेंकभारोसमाथि ४–१ को सहज जीत हासिल गरेको छ ।

युभेका लागि आफ्नो सयौँ खेलमा मोरोटाले खेलको ७ औँ मिनेटमा टोलीलाई अग्रता दिलाए । दोस्रो हाफमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । यो सिजन उनले च्याम्पियन्स लिगमा चार गोल गरिसकेका छन् ।

पाउलो डिबला र लासा डीभालीको आत्मघाती गोलले युभेको जीत सुनिश्चित गर्यो । खेलको अन्त्यमा फ्रांक बोलीले फेरेंकभारोसका लागि सान्तवना गोल गरे ।

चर्चामा

सम्बन्धित समाचार