बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • ‘टिकटक स्टार’ प्रतियोगीता हुने

‘टिकटक स्टार’ प्रतियोगीता हुने

  • बुधबार, कार्तिक १९, २०७७
‘टिकटक स्टार’ प्रतियोगीता हुने

सामाजिक संजाल टिकटक नेपालमा लोकप्रिय छ । अब, एचपी इन्टरटेन्मेन्टको आयोजनामा ‘टिकटक स्टार’ अनलाइन प्रतिस्पर्धा हुने भएको छ । घरमा बसिरहेका प्रतिभाहरुलाई अनलाइनबाट प्रतिस्पर्धा गराई विजेतालाई चलचित्रमा काम गर्ने अवसर समेत दिने आयोजक संस्थाले जानकारी दिएको छ ।

प्रतिभा भएर पनि अवसर नपाएका प्रतिभाहरुलाई आफ्नो क्षमता प्रदर्शन गर्ने स्थान ‘टिकटक स्टार’ हुने आयोजक संस्थाका प्रमुख प्रकाश पाठकले जानकारी दिए ।

विजेताहरुले चलचित्रमा काम गर्ने अवसरको साथसाथै कार, स्कुटर पुरस्कार पनि पाउने पाठकको भनाई छ । प्रतियोगितामा भाग लिन चाहनेले एचपी इन्टरटेन्मेन्टको अनलाइन पोर्टलमा गएर दिएको निर्देशन अनुसार फर्म भरेर भिडियो पठाउनुपर्नेछ । ह्याप्पी पाठक इन्टरटेन्मेन्टले निर्माण गरेको चलचित्र ‘नेपाल आमा’को छायांकन सकिएको छ ।

चर्चामा

सम्बन्धित समाचार