बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिमका १२ पत्रकारमा कोरोना पुष्टि, १० जना संक्रमणमुक्त

सुदूरपश्चिमका १२ पत्रकारमा कोरोना पुष्टि, १० जना संक्रमणमुक्त

  • बुधबार, कार्तिक १९, २०७७
सुदूरपश्चिमका १२ पत्रकारमा कोरोना पुष्टि, १० जना संक्रमणमुक्त

सुदूरपश्चिम प्रदेशका १२ जना पत्रकारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले अहिले सम्म कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलाका १२ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

पत्रकार महासंघ सुदूरपश्चिमका प्रदेश महासचिव योगेश रावलले कैलालीका ९ जना, कञ्चनपुर, बैतडी र दार्चुलाका १/१ जना पत्रकारमा संक्रमण पुष्टि भएको जानकारी दिए ।

रावलका अनुसार संक्रमण पुष्टि भएका कैलालीका ९ सहित १० जना पत्रकारले कोरोना जितेका छन् । बैतडीका संक्रमित पत्रकार होम आइसोलेसन र दार्चुलाका पत्रकारको धनगढीमा उपचार भइरहेको महासंघले जनाएको छ ।

महासचिव रावलले रिर्पोटिङ र कार्य क्षेत्रमा खटिदा स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गर्दै सुरक्षित भएर काम गर्न सबै पत्रकारलाई आग्रह गरेका छन् ।

‘स्वास्थ्य सचेतना अपनाउँदै सुरक्षित भएर काम गर्न सबै पत्रकार साथीहरुलाई अनुरोध गर्दछु । ’ महासचिव रावलले भने । पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष अर्जुन शाहले पनि सबै पत्रकारलाई स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गर्दै सुरक्षित भई काम गर्न आग्रह गरेका छन् ।

शाहले संक्रमित पत्रकारको उपचारमा महासंघले समन्वय र सहजीकरणको भूमिका निर्वाह गर्दै आएको बताउँदै कुनै समस्या भएमा सम्पर्क गर्न समेत आह्वान गरेका छन् ।

उनले होम आइसोलेसनमा बस्न समस्या भए महासंघले व्यवस्थापनका लागि समेत आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार