शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रवास
  • उज्ज्वल ठकुरीलाई सातौं पटक विश्व रेकर्डको उपाधि

उज्ज्वल ठकुरीलाई सातौं पटक विश्व रेकर्डको उपाधि

  • मङ्लबार, कार्तिक १८, २०७७
उज्ज्वल ठकुरीलाई सातौं पटक विश्व रेकर्डको उपाधि

डिसी —  नेपाली मूलका अमेरिकन मरिन गोजु कराँतेका खेलाडी उज्ज्वल ठकुरीलाई सातौं पटक गिनिज वर्ल्ड रेकर्ड प्राप्त भएको छ ।

आधा दर्जनभन्दा ज्यादा विश्व कीर्तिमान राख्न सफल ठकुरीले नेपाल र नेपालीको नाम विश्वको अगाडि राख्न पाउँदा गर्व लाग्ने बताए ।

फेब्रुअरी २०२० मा न्यूयोर्कमा एउटा खुट्टाले पूर्ण रुपमा घुँडामा ५ केजी तौल राखी ३ मिनेटमा १५७ पटक प्रहार गरेपछि उनलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले २९ फेब्रुअरी २०२० मा विश्व रेकर्डको मान्यता दिएको थियो ।

तर महामारीको कारण ठकुरीले २०२० को अक्टोबर महिनाको अन्त्यमा प्रमाण पत्र प्राप्त गरेका थिए । ठकुरीले दसैंको भोलिपल्ट अक्टोबर २७, २०२० बिहान ९:४५ मिनेटमा आफूले सातौं गिनिज वर्लेड रेकर्ड पाएको सार्वजनिक गरेका थिए ।

उनको विश्व कीर्तिमान सन् २०१७ देखि सुरु भएको हो । उनले सेप्टेम्बर २०१७ मा पहिलो, नोभेम्बर २०१७ मा दोस्रो, नोभेम्बर २०१८ मा तेस्रो, सेप्टेम्बर २०१८ मा चौथो, सेप्टेम्बर २०१९ मा पाचौं, फेब्रुअरी २०२० मा छैटौं र फेब्रुअरी २०२० मै सातौं गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएका छन् ।

काठमाडौंमा जन्मिएका ठकुरी २ दशकभन्दा अगाडि अमेरिका आएका हुन् । उनले कराँते खेल जगतमा लागेर धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जित हासिल गर।ी विभिन्न पदकहरु प्राप्त गरिसकेका छन् ।

करातेमा उनले आफ्नो आधा दर्जनभन्दा पृथक विशेष अविष्कार छन् । ‘फांग खुकुरी काँटा र ‘फांग ब्रेकिङ्ग’मा सहित उपाधी प्राप्त गरिसकेका छन् । बिगतमा भ्यानडम शैलीमा ‘कुरो बुशि वर्ल्ड च्याम्पियन’ खेलम समेत उनी सम्मानित भइसकेका छन् ।

चर्चामा

सम्बन्धित समाचार