बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • ट्रयाक्टरबाट खसेर बालकको मृत्यु

ट्रयाक्टरबाट खसेर बालकको मृत्यु

  • शुक्रबार, कार्तिक १४, २०७७
ट्रयाक्टरबाट खसेर बालकको मृत्यु

बैतडीमा ट्रयाक्टरबाट खसेर एक बालकको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका–८ का ५ वर्षीय आयुष बिष्टको ट्रयाक्टरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै हजुरआमाको काखमा बसीरहेका बालक एक्कासी से१त ८५७ नम्बरको ट्रयाक्टरबाट खसेको बताइएको छ ।

घटनापछि ट्रयाक्टर र चालक दिपक लुहारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार