शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिमका ९६२० जनामा कोरोना संक्रमण

सुदूरपश्चिमका ९६२० जनामा कोरोना संक्रमण

  • बिहिबार, कार्तिक १३, २०७७
सुदूरपश्चिमका ९६२० जनामा कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशका ९ हजार ६ सय बढिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालासहित अन्यत्र गरिएको परीक्षणमा थप ९ हजार ६ सय २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तर सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले भने ९ हजार २ सय ९४ जनामा मात्र कोरोना पुष्टि भएको उल्लेख गरेको छ । मन्त्रालयले सुदूरपश्चिम स्थायी घर भएका तर प्रदेश बाहिरका जिल्लामा बस्दै आएकाहरुको विवरण समावेश नगरेका कारण संख्या कम देखिएको दावी गरेको छ ।

सबैभन्दा धेरै कैलालीमा ३ हजार ६ सय ४ जना संक्रमित छन् । डोटीमा १ हजार २ सय ५२, अछाममा १ हजार १ सय ६३, कञ्चनपुरमा १ हजार १९, बझाङमा ६ सय २७ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै बैतडीमा ४ सय ८०, बाजुरामा ४ सय ५९ र दार्चुलामा २ सय ६१ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशभर संक्रमण पुष्टि भएका मध्ये ७ हजार ५ सय ९५ जनाले कोरोना जितिसकेका छन् भने ३२ जनाको मृत्यु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार