मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • देश
  • लुम्बिनी बिकास कोष परिसरभित्र आगलागी

लुम्बिनी बिकास कोष परिसरभित्र आगलागी

  • शनिबार, कार्तिक ८, २०७७
लुम्बिनी बिकास कोष परिसरभित्र आगलागी

दसैँ तिहार मनाउन पदाधिकारी तथा कर्मचारीहरु घर गएको बेला लुम्बिनी बिकास कोष परिसरभित्र शुक्रबार अचानक आगलागी भएको छ । ईलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार बिकास परिसरको लुम्बिनी ग्राम क्षेत्र भित्र शुक्रवार साँझ सात बजे भएको आगलागीबाट कलिला बोटबिरुवा चराचुरंगी, जीवजन्तु, खर घाँस जलेर नष्ट भएको छ ।

कोषभित्र आगलागीको खबर पाए पछि लुम्बिनी साँस्कृतिक नगरपालिकाको दमकल जंगल भित्र जान नसक्दा नेपालप्रहरी सशस्त्र प्रहरी, दंगा प्रहरी, लुम्बिनी विकास कोषको सुरक्षा गार्डद्वारा अग्नि नियन्त्रणमा लिइएको ईप्रका लुम्बिनीका प्रहरी निरीक्षक रवीन्द्र महतले जानकारी गराए ।

कोषभित्र आगलागिको कारण थाहा नभए पनि आगलागीबाट करीब २० हेक्टर जमिन खरानी भएको बनस्पति शाखा प्रमुख सब्बीर अहमद मुसलमानले जानकारी गराएका छन ।

चर्चामा

सम्बन्धित समाचार